Submit your work, meet writers and drop the ads. Become a member
Mystic Ink Plus Sep 2019
म सानो छदा

म सानो छदा
बिहानै उठथे
दुघ भात खान्थे
पर्खाल बहिरका बच्चाहरुले नुन रोटी खाएको दख्थे
यसो माथि हेर्थेे
आफु माथिको आकासको टुक्रा झरिहाले के गर्ने सोंच्थे
यसो पछाडी हेर्थे
भकारी भरी छ
पेट किन भरीदैन भन्ने लाग्थ्यो
अलि ठुलो भएपछि
पर्खाल बाहिर गए
गोडामा काडा बिज्यो
लडे, अनी उठे

अझै बढेपछि
त्यो भन्दा पर जादा
लडाउने मान्छेहरु भेटें
झुक्याउने मान्छेहरु भेटें
केही सन्त
धेरै अपराधिहरु  भेटें

गाडी चढेपछि अझै पर पुगें
मैदानहरु देखें
हिमाल, पहाडहरु देखें

हवाइजहाज चढेर झनै पर पुग्दा
अर्को संसार देखें
सबैलाइ उतार्न थाले
कवि बन्नै लागेको बेलामा म कवि हैन भन्दिए
मित्रहरुले माने
शत्रुले मान्दै मानेनन्
तिमी कविनै हो भने
मैले लेखेरै भन्नु पर्यो म कवि होइन

शत्रुले सोधे
त्यसो भए तिमी को हौ त?
मैले भने
म त कवि भन्दा ज्यादा फुल हो
फेरी ती मेरो पत्र,पत्र हेर्न थाले
सुध्न थाले
रुपको कुरा गरे
तिनले म नेरको पातलाई पनि सोधे
काडाको पनि रिस गरे
मलाइ भरोसा दिने हाँगाबिँगा पनि भाँचे
माटो समेत खोतलेर हेरे
तिनका हात हिलाम्मै भयो
रक्ताम्मै भयो
तिनले गड्यौलापनि देखे
किरा फटयागा्रलाइपनि सोधे
मित्रहरुले माने, म फुलै हो
शत्रुहरुले मान्दै मानेनन्
तिमी कविनै हो भने
मैले लेखेरै दिनु पर्यो म कवि होइन

शत्रुले फेरी सोधे तिमी को हौ त?
मैले भने, म पंक्षि हो
उनिहरुले गुलेली लिए
ढुङ्गाहरु हान्न थाले
पखेटाहरु काटिदिए
गुँड भत्काइदिए

फेरि सोधे तिमी को हौ त?
मैले भने तिमीहरुको मित्र
मित्रहरुले माने
शत्रुले मान्दै मानेनन्
तिनले भने तिमी हाम्रो शत्रु हो
तिमी कविनै हो
मैले लेखेरै दिनु पर्यो म कवि  होइन

त्यहाका बच्चाहरु अझैपनि
नुन रोटिनै खान्छन्
नाङ्गै धुलोमै खेल्छन्
अझै म पनि कवि बन्नै बाँकि छ
तर शत्रुहरु तिमी कविनै हो भन्छन्
तिनलाइ लेखेरै म भन्छु म कवि होइन

अहं होइन
शैली : अवलोकन
विषय :आत्मकथा
Author's Note:
When logic and reality interwine
Should one need to close the senses?
Or, let one freature the time in rhyme?
What should one do?
Mystic Ink Plus Sep 2019
तिमी झुके म झुक्छु
तिमी रुके म रुक्छु
तिमी हासे म हास्छु

हेर
म तिम्रो
ऐना हु
शैली : मुक्तक
विषय: आत्मीय
Mystic Ink Plus Sep 2019
मान्छेहरु जब ढुङ्गा बन्छन्
उनीहरु ढुङ्गाकै संगत गर्छन्
मौन

मौन
पहाडहरुतिर हेर्छन
मानौ तिनै तिनका ऐना हुन्
जसले उनीहरुका
प्रश्न, प्रश्नकै रुपमा फर्काउँछ
उत्तर, उत्तरैको रुपमा फर्काउँछ
न तिनका पयर
न चक्षु
न तिनका आवाज
न पंख
न तिनका मुस्कान
न आँसु्

मौन
न कल्पनामा डुब्छन्
न ऋतुहरुभै रंग बदल्छन्
सायद ढुङ्गा बन्न सजिलो छ
मौन

हामी अगरबत्ती बालेरैपनि
कृतीम सुगन्ध उत्पति गछौ
जब हामी मान्छेलाइ खुसी पार्न सक्दैनौे
जब हामी मान्छेहरुलाइ सेवा गर्दा गर्दा थाक्छौ
अन्तिममा  हामी ढुङ्गा बन्छौ
मौन

मौन
ढुङ्गैको संगत गर्छौ
ढुङ्गैकै पुजा गर्छौ
शैली :अमूर्त
विषय :पत्थर
Author's Note:
If nothing to say, be silent
If no one hears, be silent
If silence speaks, be silent

If nothing matters, be silent
If silence calms, be silent
If silence heals, be silent

If silence wins, be silent
If silence is the start, be silent
If silence is the end, be silent

If silence is the answer, be silent
If silence is the only choice, be silent
If silence is the way of life, BE SILENT
Mystic Ink Plus Sep 2019
आज काललाई जितियो
कसो उसले बिताएको

चार चक्के दानव
शैली : प्रयोगात्मक
विषय:अझै धेरै छ हेर्न, लेखेको कस्ले पो टार्छ र ?
Mystic Ink Plus Sep 2019
केही मान्छेहरु आउदा तिमी
मस्तिष्कको ढोका बन्द गर, दिलको खोल
ती तिमीभित्र पस्न त सकुन्
तर निस्केर जाउन्

केही मान्छेहरु आउदा तिमी
मस्तिष्कको ढोका खोल, दिलको बन्द गर
ती मान्छेहरु
आउन जान सकुन्

केही मान्छेहरु आउदा तिमी
दिल र मस्तिष्क दुबैको ढोका बन्द गर
चक्षुमात्र खोल
ती चक्षुबाट भित्र मस्तिष्क हुदै
दिलसम्म भने नपुगुन्
ती आए, तिमी स्वागत गर
नआए, खातीर नमान

केही मान्छेहरु आउदा तिमी
मस्तिष्क दिल दुबै खोल
ती मध्य धेरैलाइ मस्तिष्कमै रोक
कमैलाइ दिलभित्र राख

केही मान्छेहरुलाइ मात्र तिमी
चक्षु, मस्तिष्क र दिल तिनै ढोका खुल्ला राख
ती चक्षु, मस्तिष्क हुदै दिलमा बसुन
तिमी ती पसिसकेपछि
चक्षु बन्द गर

सदा ती त्यही बसुन्
शैली : अवलोकन
विषय: चक्षु, मस्तिष्क र दिल || The Third Eye
Author's Note:
Never trust on
The outer reflections
Yes-to-Yes compliments

Never you will be wrong
If identify vibration of
The inner instinct

Let patience do the rest
Keep watching till the time
When we will witness
Skin shedding

Otherwise We don’t judge people
Their vibration let us
Whom to keep distance
Whom to get close
Mystic Ink Plus Sep 2019
पुरानो कागत ल्याउनु भएन?
* छुटेछ बाबु
हिजो आज कुन औषधि, कति खादै हुनुहुन्छ?
* मैले?
* त्यो ३१० रुपैया पर्ने
* पहिले १९० मा पाइन्यो
* बाबुलेनै २ महिना अघि पावर बढाएको

अब भन्नुस् वहाले
कुन औषधि कति पावरको
सेवनगर्नु भएको?
शैली : क्लिनिकल प्रयोगात्मक
विषय : निशब्द
विचार : किताव भित्र नपढेको गुरुले नपढाएको सिक्दैजाने प्रक्रियानै आखिरमा रहेछ क्लिनिकल प्रैक्टिस
Mystic Ink Plus Sep 2019
मैले सुसेलेको

धुन मिलेनकि?
संगीत तिमीले बुझेनै?
शैली : अवलोकन
विषय: बेसुरो म
Mystic Ink Plus Sep 2019
धूम्रपान गर्नुहुन्छ?
अँह
रक्सी पिउनुहुन्छ?
अँह
अनी माछामासु नी?
अँह

सोध्न मन लागेको थियो
अनी रमाइलो कसरि
गर्नु हुन्छ?
शैली : क्लिनिकल प्रयोगात्मक
विषय: मनै त हो
Mystic Ink Plus Sep 2019
आज तिमी
जस्तै देखे
भन्न मन थियो

म नै हो त्यो
भन्यै भने
बोल्ने शब्द थिएन
शैली : मुक्तक
विषय: यात्रा स्मृति
Mystic Ink Plus Aug 2019
गलबन्दी च्यातीयो
पछ्यौरी च्यातीयो

मुद्दा विचाराधीन
शैली : अवलोकन
विषय: श्री सर्वोच्च अदालत
Next page