Submit your work, meet writers and drop the ads. Become a member
Sum It Nov 2022
कहिलेकाहीं -
कविता लेख्न मनलाग्छ
देशभक्तिको गीत लेख्न मनलाग्छ।

अनि लेख्न बस्छु...
तिम्रो -
मुहार सम्झिन्छु
देशको मायाले -
तिमीलाई छोडेको पल सम्झिन्छु
अनि अल्मलिन्छु...
लेख्न छोड्छु

मेरो देशप्रेम पनि अपुरो अपुरो लाग्न थाल्छ!
मेरो प्रेम पनि अपुरो अपुरो लाग्न थाल्छ!
Sum It Jul 2020
मन~ सुन

कहिले काहीँ तहल्न निस्कदा
दिन भरी पानी पर्दा
उर्लेको हनुमन्ते झैं
एकान्तमा बसेर चियासगैं
तिम्रो यादहरूमा तड्पिन
मन लागेझै लागेझै गर्दा
मन अझ शून्य शुन्य भइदिने
मन ~ सुनको दिन।।

अरूबेला लिखुरे देखिने
र आज
सारा धर्ती बगाउझै गरेको
त्यो लिखुरे हनुमन्तेको
छेउमा गएर
मनको सारा भावना बगाईदे न
भन्न लागेझै लागेझै गर्दा
मन यतिकै यतिकै
शून्य शुन्य भइदिएको
मन ~ सुनको दिन।।

तिमीले पनि मलाई
सम्झेको छौं कि जस्तो
लाग्छ।
र त्यही सम्झनामा
बगेका आशूंहरू पो
हुन् कि
मेरो घरको छतमा आएर
मलाई कविता लेखुझै लुखुझै
बनाउंदा
मन पुरै शून्य शून्य भएर अल्मलिने
मन ~सुनको दिन।

बादलमा लेखेको नामले त
वर्षातमा यादले भिझाउने रहेछ

मनमा लेखेको नामले चाहीँ
बेला बखतमा
मन व्यग्र व्यग्र बनाई
शून्यताले भिजाउने रहेछ

मन ~सुनले बेइमानी गर्यो
जिन्दगीमा
या हो प्रेमले...
Sum It Jul 2020
के छ र बाकीँ
चाहन- यो मनसगँ
...
दिन पनि त
होस् न केही
सोच्थे सधैं यहीँ

राखे मन बांधेर
.
.
.
जबसम्म
तिमी-
ठोकिन आइनौं
.
.
.
मन बाधेर त
झन् खुम्चिने रहेछ
मन त
फुकाए पो
अझ पाइने रहेछ


तिमी ठोकियौ
र फेरी चर्केको यो मन
संगालिएको छ
नत्र अझै कति
कसेर बाध्थे होला
झह कति छिया छिया
पार्थे होला
मन त
फुकाए पो
अझ समालिने रहेछ
Mystic Ink Plus Mar 2020
चामल र बालुवा मिसाए
चामल थान्छ, बालुवा खराब
बालुवा मान्छ, चामल खराब
शैली :अमूर्त
विषय: निशब्द
विचार : सरोकार, यो कसले  मिश्रण गर्यो?
Mystic Ink Plus Mar 2020
धेरै भो
मैले
धेरै चिनारुलाई
"तिमी कस्तो छाै?"
भनेर सोध्न छोडेको

तिम्रो बच्चालाई
तिम्रो श्रीमतीलाई
तिम्रो श्रीमानलाई
कस्तो छ
सोध्छु

उस्को अवस्था जान्न
शैली : प्रयोगात्मक
विषय : सरोकार  || हाल खबर
Mystic Ink Plus Feb 2020
उदाउदा कम्युनिष्ट
अस्ताउदा कम्युनिष्ट
खाली
र भरि पेट
अस्थायी वास्तविकता
शैली : अवलोकन
विषय: आवरण
Mystic Ink Plus Jan 2020
उही भाइले मलाई सोध्यो
छोटो समयमा राम्रो परिणाम प्राप्त गरी,बधाई पाउने कार्य
के छ दाई?

सुनेकै कुरा मैले भन्दिए,
"यो समयमा त, श्री स्वस्थानी व्रत गर"

हाँस्दै, उनले भन्यो, "त्यो त हो"
"तर  व्रत बसेर, कसरि बधाई पाइन्छ त?"

त्यो त  पाइदैन
त्यसो भए अर्को काम गर

"भन्नु के?"

भन्दिए, विहे गर, छिटो बधाई पाउन
अन्तरध्यानमा बसेका, कहिले नबोल्नेले पनि दर्शन दिदै बधाई दिन्छन

"त्यो त हो, यो त तयारी आवश्यक पर्छ"

त्यो पनि नगरे
बेरोजगारीको बल देखाउ
जाउ
टुँडिखेलमा कोदो रोप
खुल्लामन्चमा कराउ
सरकारलाई झकझकाऊ
जहा जे सक्छै, केही चाही गर
-
शैली : प्रयोगात्मक सम्वाद
विषय : कर्म
Mystic Ink Plus Jan 2020
कुसमयमा
मलाई सोधियो
"त्यो मुर्ख छ, कसरी व्यवहार गर्ने ?"

मैले प्रतीप्रश्न गरे, "के तिमी पक्का छाै कि ऊ मुर्ख छ?
[ हो जवाफ आउने प्रवल सम्भावना थियो, म सुन्न तयार थिए ]

"हो, सबैलाई यो थाहा छ।" सोही जवाफ आयो

सक्छाै भने दूरी बढाउ
टाढा बस
त्यती सक्दैनै भने..........

"भने के" सोधीहाल्यो

भन्दिए,
"उ भन्दा मुर्ख बन"
"ठूलो मुर्ख देखि, मुर्खपनि डराउछ"

फोन राखेको संकेत आयो.......
शैली : प्रयोगात्मक
विषय : दैनिक जीवन
ध्यानाकर्षण: कृपया संवाद सुनीसकेपछि सबै श्रोताले पुष्पाञ्जली लिनु र मन्नन गर्नु ।
Next page