Submit your work, meet writers and drop the ads. Become a member
Mystic Ink Plus Aug 2019
दाई म झ्यालको सिटमा बसुँ ?
जब नम्र  नारी
आमा उमेरकिले सोधिन

अनिमात्र थाहाभो
आफू जेष्ठ नागरिक भएको
(एक मन)
कि भन्दिउ
वहाले आखा
जचाउने बेला भो
(अर्को मन)
शैली : क्लिनिकल प्रयोगात्मक
विषय: अब गर्छु बृद्धभक्ताको कुरा ||मनै त हो
Mystic Ink Plus Aug 2019
सत्यकोपनि
असत्यकोपनि
भेदभाब गर्नेकोपनि
नगर्नेकोपनि
समाचार लेखेर
खाउ
चेलीबेटी बेच्नेको कथा
नबेच्नेकोपनि
समाचार लेखेर
कमाउ
शैली : अवलोकन
विषय: जो बोल्छ उही छुच्चो
Mystic Ink Plus Aug 2019
Pondering the mind
Here I admire you
From afar
As a project: HOPE
Having the eternal answers
To all the universal questions
And it feels so right
Hovering the soul
Dreams
Within the dream

Facing the reality
Not much to say
No one to blame
Nothing lasts forever
And
A new day begins
Genre: Experimental
Theme: Every daydream is a hope
Mystic Ink Plus Jul 2019
मलाई सोधियो
ऊ कस्तो मान्छे हो ?

गुण खोजे गुणै गुण
अवगुण कोट्टाए
अवगुणै अवगुण
भन्दिए
शैली : अवलोकन
विषय: प्रत्येक कथाको दुई पक्ष
Mystic Ink Plus Jul 2019
केहि कुरा म बुझ्छु

बुझ्न चाहन्छु केहि कुरा
केहि कुरा बुझ्दिनँ
अँ
त्यो समय म  
गुरु सम्झन्छु
कथन: तिम्रो बिचार पढेको भए म ज्ञानी हुन्थिए होला
बुझेको भए झन् ज्ञानी हुन्थिए होला
मेरो चकचक तिमीले बुझेनौ
तिम्रो ज्ञान मैले बुझिन
धन्यवाद ।
Mystic Ink Plus Jul 2019
भूकम्प, झरी भन्दा आजकाल
सरकारसँग डराउनु पर्छ हामी

विषादी प्रसाद खाऊ भन्छ
शैली : अवलोकन
विषय: जो बोल्छ उही छुच्चो
Mystic Ink Plus Jun 2019
शत्रुले चारैतिरबाट घेर्छ

आकासबाट
जमिनबाट
समुद्रबाट
हावाबाट

त्यतिबेलासम्म
सायद मलाइ
भगवानले
ढुङ्गा  बनाउनेछन्
मन्दिरभित्र
शैली :प्रेरणादायक
Mystic Ink Plus Jun 2019
नेपाल बन्द हुँदा, खुल्ला हुँदा
माहुरीलाइ के फरक र ?
उ फुलमै बस्छ, रङ्गको बैचित्रय
शैली : अवलोकन
Mystic Ink Plus Jun 2019
कागले छेरेको विउबाट
उम्रिएको रुख हो त्यो

अमिलो फल फल्ने
शैली : अवलोकन
विषय: विवाद
Mystic Ink Plus Jun 2019
उचाल्ने, थेचार्ने मान्छेहरु
धर्तीका छालहरु हुन्

तिमी समुद्र हुनु
शैली :प्रेरणादायक
Next page