Submit your work, meet writers and drop the ads. Become a member
Mystic Ink Plus Jun 2019
पहाड बोकेर उसको ढाड खुस्केको

त्यहि पहाड सोध्छ
तिमी मेरो को हो ?
शैली : अवलोकन
Mystic Ink Plus Apr 2019
प्रेम छ कतै, कतै दुःख, आक्रोस, निरासा
दयाको खानि कतै, उत्खनन गरे कतै धोखा
झुटैझुटका कहानीहरु, कतै दुःख निरासा
कुसलताले झिक्न सकिन्छ सम्मानका भाषा
ज्ञानको छत्र चढाउ, अस्त्र बुद्घिको
कतै मुर्खका फणहरु, कतै स्वच्छ राह
कतै सृजनाका झरनाहरु, कतै उर्जा, उत्साह
दुबिधाका रुपहरु, कतै नीरस अन्धकार
लिलै लिलाको देख्छु यो संसार
कतै दानव मान्छेहरु
कतै मानवहरुभित्र इश्वरको वास
कतै मौनता, कतै छ मुस्कराहट
करुणाका कथा कतै, कतै कर्मका रुपहरु
उल्झन आरोप कतै, कतै संर्घष, समस्या
अविश्वास कतै, कतै रुखोपना
कृतज्ञता कतै, कतै प्रसंसै प्रसंसा
कतै संबेदना, कतै सद्गुण
प्रेम, मायाको खानी कतै
कतै निष्ठा, कतै बैराग्य
सत्य, सेवा कतै, कतै सर्मपण
लिलै लिलाको संसारमा
रहश्यै रहश्यको मुहान ।
शैली : अवलोकन
विषय: अर्को प्रयास
Mystic Ink Plus Jan 2019
-
-
गुलाफ धेरै रङको हुन्छ,
तिमीलाइ कस्तो चाहिन्छ ?

सवभन्दा रामो गुलाफ
ऐना हेर्दा पाइन्छ
शैली : मुक्तक
Theme: TGIF
Mystic Ink Plus Dec 2018
हामी चिडीयाघर बनाएर
स्वतन्त्रता कैद गर्छौ
संग्रहालय बनाएर युद्धका
बिजय, पराजय कैद गर्छौ
पहिलोमा जिवित
दोस्रोमा निर्जिव
यि दुइ बीचका हामी
कति जिवित र कति निर्जिब छौ  

संग्रहालयलाई चिडीयाघरमा राखेर
वर्तमान
चिडीयाघरलाइ संग्रहालमा राखेर
भुत
रचिरहनु भन्दा
सबैले शान्ति निर्माण गर्न लागे
धर्तीमा बिजयका कथाहरुमात्र हुनेछन् ।
शैली : प्रेरणात्मक
Mystic Ink Plus Dec 2018
तिम्रो बिचार पढेको भए
म ज्ञानी हुन्थिए होला
बुझेको भए
झन् ज्ञानी हुन्थिए होला

मेरो चकचक
तिमीले बुझेनौ
तिम्रो ज्ञान मैले बुझिन
धन्यवाद ।
शैली : मुक्तक
Mystic Ink Plus Jan 2019
मैले देखेका सपनाहरु तिमीलाई कसरी थाहा भो ?

मैले देखेका सपनाहरु  तिमीलाई कसरी थाहा भो ?
न दुरी कसैले ल्याउन सक्यो, न खन्यो कुनै खाडल त्यो
मौन रहिरहे म, तिमी पनि मौननै रहिरहेऊ
मैले जे देखेको थिए, तिमीले पनि त्यहि कसरी देख्यौ ?

साझा तीे हाम्रा सपनाहरु, धर्तीका खातीर थिए
सकेन कसैले छुट्टाउन, सफलभै छोडे
तिमीले मेरो सपनालाई तिम्रो भन्यौ
मैले तिम्रो सपनालाई मेरो भने

आफुलाई मैले तिमीबाट झिक्न सकिन
न तिमीले आफुलाई मबाट झिक्न सकेऊ
तिमीले देखेका सपनाहरु, मैलेै पहिलेनै भन्दिए
मैले देखेका सपनाहरु तिमीलाई कसरी थाहा भो ?

मैले देखेका सपनाहरु तिमीलाई कसरी थाहा भो ?
शैली : गजल
Theme: Crafting Dreams
Mystic Ink Plus Dec 2018
न तोडन सक्यौ, न मोडन सक्यौ
न यो मनलाइ आफुमा जोडन सक्यौ
न हल्लाउन सक्यौ, न सुकाउन सक्यौ
न मेरो विचारलाइ भत्काउन सक्यौ
न लडाउन सक्यौ, न बदल्न सक्यौ
न दिल चुडाएर, जलाउन सक्यौ
आकास र धर्ती बीचको पुललाइ
न बलले पन्छाउन सक्यौ
न किन्न सक्यौ, न खोस्न सक्यौ
न यो मनलाइ एक पल चिन्न सक्यौ
पद, प्रतिष्ठा भन्दा माथिको यो दुनियामा न तिमी छिर्न सक्यौ
न मेरो स्वाभिमानलाइ
न विचारलाइ, निचोर्न सक्यौ
दबायौ केहि क्षणमात्र, न तिमीले जित्न सक्यौ

न तोडन सक्यौ, न मोडन सक्यौ
न यो मनलाइ आफुमा जोडन सक्यौ ।
शैली :अमूर्त
Mystic Ink Plus Dec 2018
उ बाँच र बाँच्न देउ भन्ने मान्छे
उ आफ्नै कर्ममा बाच्ने मान्छे
उ कल्पनामा डुल्ने, सपनामा रम्ने मान्छे
उ चरासँग बोल्ने, प्रकृतीसँग खेल्ने मान्छे
उ आफ्नै सिद्धान्तको कहिल्यै साथ नछोड्ने मान्छे
उ बिना गेरु आफूलाई जोगी ठान्ने मान्छे
उ मानवतालाई ठूलो धर्म मान्ने मान्छे

उ सधै आफ्नोपन खोज्ने मान्छे
उ मानिसको हुलमा विचारले एक्लो मान्छे
उ एक्लो संसारमा रमाउन जान्ने मान्छे

उ एक्लो संसारमा रमाउन जान्ने मान्छे
शैली : प्रेरणात्मक
Sum It Nov 2015
तिमीसगँ बिताईएका थोरै पलहरू
कोपिला बन्दै सुस्तरी रमाउन खोजेका
प्रेमका स्वप्निल कल्पनाहरू
फूल्न नपाउदैँ
फूलाउन खोज्दा खोज्दै
पिटिक्क भाचेर तिमी हिड्यौँ।
तर सजिलै यो फूल औलाउन पाएन
मन विचित्रको हुँदो रहेछ
मनको किताबको पानाहरू बीच
जतन गरि राखेको त्यो कोपिला
आज फेरी सम्झनाको पाना पल्टिँदा
भेटिएको छ
मेटिएको छ कि केही थोरै तिम्रो माया भनि केलाउँदा कहिल्यै नऔलिने गरि बसेको पाए
अब सायद फूल त हुने छैन यही कोपिला
तर पनि रहर छ, अर्को फूल रोप्ने
त्यसै गरि, त्यसरी नै तिमी सँग
मायाको
पिटिक्कै भाचेरपनि नसुक्ने नऔलाउने
मखमलिको फूल जस्तै
जीवनमा किन खै
तिमी मात्रै यसरी मनपर्यो, म साच्चै बुझ्दिन
Sum It Jan 2015
देशको आकार नहेर तिमी
छाप्रो नै होस् बरू
यहाँ सारा मन अटाउछ
आगँनको दुर्गन्धमा
तिमी मुख बिगार्लाउ
आमाले नै हो त्यो सफा गरिदिने
बुबाको पसिनामा नाक खुम्च्याउछौ भने
सम्झ, त्यही पसिनाले ले नै हो
तिम्रो भोक तार्ने

जब उदाउन छोड्नेछ सूर्य
तब घामको महानता हुन्छ ज्ञान
जब रोकिन थाल्दछ सास
तब हावाको मूल्य हुन्छ ज्ञान

देशको सिमाना कोर्ने रगत सम्झ
देश बनाउन कति घाम चाहिन्छ
राष्ट्रमा जीवन भर्ने ती योद्धा सम्झ
राष्ट्र जोगाउन कति सास चाहिन्छ

तिमी आज जात हेर
आफ्नो भेष भाषा हेर
तर एक पटक मन खोलेर हेर
त्यो सब जोगाउन कति ठुलो छत चाहिन्छ
माथिको त्यो आकाश हेर

पराईको तिमी हिरा भन्लाउ
आगँनको त्यो लालीगुरासँ हेर
हिराको चमक तिमी भन्लाउ
तर मन रमाउने सुगन्ध नभुल

छाप्रो नै नहोस् बरू
मन बिसाउने अरु काख हुन्न
आमालाई अत्याचार गर्ने
कदापी कहिल्यै सपूत हुन्न
दाजुभाइको हात हेर
घर जोगाउन अरु साथ हुन्न
त्यो छातीमा स्वाभिमान हेर
बुबाको जस्तो अरू आसिर्वाद हुन्न
Next page