Submit your work, meet writers and drop the ads. Become a member
 
Sum It Jun 2014
when was the last time I still loved you
Its hard to remember that love
You drifted away with the river
like grains of sands
down the curls of determination
I was left ashore stuck in valley of desolation
was that the last time we were in love
I blew myself around, in gushes of wind
I looked for you if you were waiting for me somewhere
your time was too pressing
I had time of the world for you
I remember you telling
the moon will always keep record of our love
when was the last time the moon came out of clouds
Why did you call my name yesterday
I have forgotten the way we used to talk
you cannot say I am same old loving lad
and why cannot I see any beauty in you anymore
there is no more love in me
and if you are searching for love
take me to the past
do you remember when you loved me for last time
take me there and stay there watching how I fell in
desolation
in your desperation, chewed by madness
there is no love in me anymore
if you now
want me to love
wait for the rivers to turn back
fill me with our memories of love
take from me the pain inscribed within
Sum It May 2014
Hold my hand
Softly let us walk to place
where noone has ever been
just you and me, noone more
where lights are none
where darkness is gone
where we will shine with love
where our eyes gesture the roit in our soul
where our fingers tickle our emotions
where our lips won't find words
and our silence turns to poetry
Sum It Apr 2014
I wish today to write a poem
with eleven wishes in it
And before I do that I wish some coffee
to prevent my psyche from split

Such poor handwriting, should then
I wish for better calligraphy
And with all messy impromptu,
I wish to get a new copy

Sipping down the bitter taste,
I always wished to feel better
A wishlist without her mention,
It will just be a fiddle

There are whole lot of wishes,
I wish around and with her
Fitting them together with skip
Other wishes shan't be in hamper

Getting high inhaling nature
my wish further for solitude
How I wish to reach every creation
and fill them with gratitude

The poem just began
if I could wish more
Stupid ending happens
when my coffee is over

More coffee!!!!
#eleven11poetrychallenge Day4
Sum It Jul 2014
Life is pretty drunk
With all the madness suppressed
under the veil of formalities
With all the wildness hidden
behind rocks of normalities
My life would have flew if
you had taught me
Gravity wasn't the only reason
My life would have been LIFE if
you had said the heaven exist in life
not after life...
I have been drunk with dreams of desires and ambitions
I have been so destroyed with convolutions and conjugations
And I still act sober
with life such drunk
If only I had been informed
Life is not for drunkards
I would have refused my birth
Sum It Sep 2013
Words-
caressed by your lips
As they spout out from you
Brings deluge in my heart
The flood of love;
And drown me in your desire
Sum It Jun 2015
These days, I often wonder what possibly do I like about you
Your indifference makes me question
about everything  that I feel for you or I think I feel for you.
Sum It Dec 2013
and love it can come in any emotion
a torturing apathy or eternal devotion
for love is not a moment or two
love is forever, right inside you
Sum It Dec 2014
For all those moments, I tried so hard
You make me feel... bad
For all those lack of words,
oh! beauty, beauty...
How weak can you turn these words
What new words should I create
To pronounce your marvel inside out
You make me feel so new
yet I can't blossom nor bloom
How deeper intensity should it beget
The one word- that can recreate your grace
Of time- history to future
Where do you belong...
Oh darling, my darling
You are my mystery island
And for all these questions unanswered
Through words...mere words; so incomplete and fragile
For all these emotions unsettled
love and deeper, yours and mine
You make me feel so goodly bad
Yet in silence, you make me whole
Delightful with sweeping flashbacks
And still I feel so bad
For every thought, I lose words to poem you
For every second, I seem to miss you
For every moment, I miss to respire you
For every chance, I fail to whisper "I love you"
Sum It Sep 2013
I fall in love so easily.
                                                          I don't even notice falling in love
                                                                                                                              till the love falls apart from me.
Sum It Nov 2022
कहिलेकाहीं -
कविता लेख्न मनलाग्छ
देशभक्तिको गीत लेख्न मनलाग्छ।

अनि लेख्न बस्छु...
तिम्रो -
मुहार सम्झिन्छु
देशको मायाले -
तिमीलाई छोडेको पल सम्झिन्छु
अनि अल्मलिन्छु...
लेख्न छोड्छु

मेरो देशप्रेम पनि अपुरो अपुरो लाग्न थाल्छ!
मेरो प्रेम पनि अपुरो अपुरो लाग्न थाल्छ!
Sum It Jan 2015
देशको आकार नहेर तिमी
छाप्रो नै होस् बरू
यहाँ सारा मन अटाउछ
आगँनको दुर्गन्धमा
तिमी मुख बिगार्लाउ
आमाले नै हो त्यो सफा गरिदिने
बुबाको पसिनामा नाक खुम्च्याउछौ भने
सम्झ, त्यही पसिनाले ले नै हो
तिम्रो भोक तार्ने

जब उदाउन छोड्नेछ सूर्य
तब घामको महानता हुन्छ ज्ञान
जब रोकिन थाल्दछ सास
तब हावाको मूल्य हुन्छ ज्ञान

देशको सिमाना कोर्ने रगत सम्झ
देश बनाउन कति घाम चाहिन्छ
राष्ट्रमा जीवन भर्ने ती योद्धा सम्झ
राष्ट्र जोगाउन कति सास चाहिन्छ

तिमी आज जात हेर
आफ्नो भेष भाषा हेर
तर एक पटक मन खोलेर हेर
त्यो सब जोगाउन कति ठुलो छत चाहिन्छ
माथिको त्यो आकाश हेर

पराईको तिमी हिरा भन्लाउ
आगँनको त्यो लालीगुरासँ हेर
हिराको चमक तिमी भन्लाउ
तर मन रमाउने सुगन्ध नभुल

छाप्रो नै नहोस् बरू
मन बिसाउने अरु काख हुन्न
आमालाई अत्याचार गर्ने
कदापी कहिल्यै सपूत हुन्न
दाजुभाइको हात हेर
घर जोगाउन अरु साथ हुन्न
त्यो छातीमा स्वाभिमान हेर
बुबाको जस्तो अरू आसिर्वाद हुन्न
Sum It Sep 2014
मृत्यु अपसोचको विषय हो?!
हो , होईन - मलाई थाह भएन
न कहिले थाह हुनु जरुरी भयो
तर
मृत्युसँग जोडिएको एक जीवन
जून
आज मरणमा परिवर्तित भएको छ

जसको सासहिन लाशमाथी
आज
वामे सर्न सुरू गरेका छन्
अवचेतन चित्कारहरु
शहर र गाउँ भरी
थोक्किदै,
बज्रिदै,
घिस्रिदै,
लड्दै,
लत्रितै
न्यायको भिक्षा माग्दै
गुन्जिन्छन र पनि सुनिदैन...

त्यो
अपसोचको विषय हो!
हुनुपर्दछ!!!!!

सास -- सबैको रोकिन्छ कुनै दिन
तर जब सास फेर्दा फर्दै
झुन्दाईन्छन् प्राणहरू
र पनि
मर्दैन आहतहरू
त्यो पृथ्वीलोक होइन
नर्क हो,
हामी जीवितै नर्कमा यदि
बाच्नुपर्छ
भने
त्यो अपसोचको विषय
हो, हुनुपर्दछ!!!
Tribute to Nanda Prasad Adhikari, a father who sacrificed his breath during a year long hunger strike demanding justice over the ****** of his son who was killed during 10 years long civil war in the nation. Tribute to all the parents who are dying everyday shedding tears over the death body of their sons/daughters/. NO WAR!!!!!
Sum It Sep 2013
तिमी देखिनु
तिमीलाई हेर्नु
मुस्कुराउनु
अनि
दुई शब्द बोल्नु
औ प चा रि क ता।।

निस्सासिन्छु म हाम्रो औपचारिकताले
एकैछिनको त्यो औपचारिकता
अनि कैयोँ दिनको पिडाले
आत्मियता, चाहन्छु म।
के तिमी चाहन्दैनौ र?

चिसो रातमा जलेको छाती
सितल बानाउने वायु माधुर्यता
सिरेतोले पोलेको मुटु
न्यानो  पार्ने पहिलो घाम
हो, त्यस्तै आत्मियता
तिमी चाहन्दैनौ र?

पहिलो भेट,
पहिलो मुस्कान,
पहिलो कुराकानी,
अनि पहिलो हासोँ,
हो, त्यहि आत्मियता।

हराएको
लुकाइएको
गुम्साइएको
नदेखाइएको
त्यो प्रथम आत्मियता
फेरि, एकपटक खोज्दछु म


पहिलो भेट देखिको
हाम्रो सामिप्यता --- अब
केवल औपचारिकतामा सिमित
हाम्रो क्रितीम आत्मियता
तिमीलाई भारी लाग्दैन?

निस्फक्रि, भयरहित
रसिलो, रमाइलो
पुरानो, ठत्यौली
मित्रताको अत्मियता

आत्मियता, चाहन्छु म।
के तिमी चाहन्दैनौ र?
Written on August 6, 2013
Sum It Oct 2022
कागले नदेखेको गाउँ छैन
काग नपुगेको ठाउँ छैन
पाताल देखि इन्द्रलोक सम्म
धर्ती देखि यम लोक सम्म
सबैको खवर ल्याउँछ
सबैलाई खवर पुर्याउँछ
कर्म बन्धनमा रमेर बिर्सन्छ आफ्नै घरबार
यहीं महिमाको लागि काग बनेको छ
हर घरमा पहिलो गासंको हकदार
ह्याप्पी काग तिहार
on the occasion of Kaag Tihar
Sum It Apr 2014
मायामा रमाउने हरेक मन हुन्छ
संवेदनाले त उन्मादपनि जन्माउछ
इच्छा तृष्णा सपना हुन्छ जोसुकैसगं
स्वतन्त्रता बुझ्न यी त्यागेर उड्न सिक्नुपर्छ

चैतको वेगसगैँ उडेका चाहना
मनसुनको बाढी सगैँ बहेर तुहिन्छ
यात्रामा लगाएको पिरती
गन्तव्य नजिक आइपुग्दा अल्मलिन्छ

हतारहतार नै त रित्याउने हो गलती
सुस्ततामा योवनले बैँस त्याग्नसक्छ
भोलीको भलाईको कसलाई के खसखस
आजको रात रगाउदैं जीवन सके नि सकिन्छ।
Sum It Apr 2014
कुन्ठित वेग्रताको लगाम फुकाउदै
सल्केको चित्तमा वरफ जमाउदै
थोपा थोपा पानी पानी
तप्प तप्प जानी नजानी
सारा सृष्ति चुहिदैछ
उन्मादको घैटो रित्तीदैछ

न यो माया न कुनै संकल्प
न भूतको कोलाहल
न भविष्यको तत्परता
परिचय केवल क्षणभर निमित्त
उम्लेको पशूत्व पोख्ने आतुरता
प्रतिबिम्बित एक झलक शुन्यता

अनि फेरि मोलका कुर
अनमोल क्षणमा वेमेलका कुरा
संसारिकतामा फर्केको विकेकको सुरमा
समाजिक संस्कार र भगवानका कुरा.
Sum It Jan 2014
कति मिठो अज्ञान हलचल
मन रुमलिएको कुत्कुत चन्चल
जिज्ञासु नयनका वेग्र कम्पन
तर भेतिन कतै येसलाई निस्चल

के हो यो तुफान प्रस्नको
के छ कतै मुहान उत्तरको
अज्ञानतामा रमाउने म कस्तो प्राणी
जानिन फगत भौतरिनु सिवायी
Sum It May 2014
उदेकलाग्दो कोलाहलबीच हराएको अस्तित्व
चिच्याउछ मन, अदृश्य श्वर गुन्जाइकन
फेरि प्रश्न तेर्सिन्छन हरेक कोणमा
कता हराइस् यति बेर, कता खोजिस् र आफुलाई
म अवाक् नै हुन्छु, केही बोल्न खोज्दाखोज्दै बिलाउछु
एकपल उदाएको अस्तित्व पनि,
म सक्दिन अमर बनाउन
सायद सिकीसके अदृश्य भई रमाउन

अर्को मन सम्झाउन खोज्छ र भन्छ
कल्पलोक तेरै हो, तेही लोकको राजा होस्
यता शून्य अस्तित्व उता महलमा रमाउदो छ
संवेदनाको जगमा ठडिएको कल्पकृति
फुरुंग भई आकाश तिर हुत्तिन्छ
अनि म यता नराम्ररी पछारिन्छ
यो चोटको पिडा विशम छ सहन
सायद सिक्दैछु बिस्तारै आफुसंगै हराउन
Sum It May 2014
के शब्द कोरू तिम्रो यादमा छाडी गएपछि
सगैँ पाईला चाल्दाचाल्दै टाढि गएपछि

हिजोका ती मिठापनि तितो लाग्छ आज
बोल्दा बोल्दै मौनताले घेरी दिएपछि

पुर्णिमाकै जुन पनि कालो देख्छु म त
मायाले नै यी आखाँमा छारो हानेपछि

अझै म त दोबाटोमै आशा गरि बस्छु
आशा पनि मारू कसरी माया लाएपछी
just trying to write gajal...

yeso bujhda yo gajal bhayenacha... puzzle matra bhayecha
Sum It Mar 2014
तेज सडकमा कुदिरहेको छु
यत्रतत्र छरप्रस्त लासहरु छरिएको म देख्छु
यहाँ कुकुरहरु मरिरहेका छन्

कुकुरको लासको के मोल?
तिमी सोधौला मलाई
मलाई नसोध, समय बिती रहेछ
मोल गरिहाल,लासको लिलामी चलिरहेछ
यहाँ कुकुरहरु मरिरहेका छन्

दाहसंस्कारको संस्कार छोड अब
कुहिएको लासकै भाउ बढिरहेछ
त्यो दुर्गन्धले व्यापार फस्टाइरहेछ
भुक्नेको खर्च जोगिरहेछ
जता ततै लास बिकीरहेको छ यहाँ
यहाँ कुकुर हरु मरिरहेका छन्

घाँसको कुरा नगर तिमी
भोलीको लागि नकुर तिमी
अरे! भेडा पनि मास मै रमाइरहेका छन्
यहाँ कुकुरहरु मरिरहेका छन्

सासलाई लासलाई घेरिरहेछ
यो चिहानमा जिन्दगी मेटिदैछ
न यहाँ कोहि जिउदोँ छ
न कोहि यहाँ बाचिरहेछ
केवल लास छ, लासै लास छ
यहाँ कुकुरहरु मरिरहेका छन्

यो चिहान रमाइलो छ
मरणमा नै जीवन रमाइरहेछ
Sum It Sep 2013
एकदम अनौठो शून्यता फैलिएको छ शहरमा
यो अनौठो शून्यताले त्रसित छन् यहाँका मनिसहरू
घर छन् तर छत छैनन्
खाना होलान् तर भोक छैन
सास छन्, निस्सासिएका

ज्यानको मायाले हैन, देशको मायाले बाचेका छन्

आकाश निला र खुल्ला छन्
कालो बादल कतै देखिने वालामा छैनन्
तर पनि झरी पर्ने सम्भावना उत्तिकै छ

.
.
.

ऊ!! आयो!..................... ऊ! आयो!!!
त्यो शान्तिको भक्षक
जो आफुलाई थान्छ न्यायको रक्षक
शान्तिको अप्रभङ्सित कोलाहल मचाउदै
बर्साएर जान्छन् बेमौसमी झरी
(यहाँ पहिले झरी पर्छ अनि बल्ल बादल देखिन्छ)

अब यो झरिले बगाउन बाकीँ के नै छ र?
सिवाय रित्तो आशुँ र सघंर्षको रगत

ज्यानको मायाले हैन, देशको मायाले बाचेका छन्
र बाच्नेछन्, त्यो बेलासम्म
जबसम्म यो माटोमा त्यो आशुँ सुक्कदैन
त्यो सुकेको रगतको कालो टाटो लुक्कदैन
झरी परेको यो दिन म मरेपनि, मेरो देश मर्दैन!
यो देश झुक्दैन!
Writen on September 3, 2013
A nationalistic poem against War!
Sum It Feb 2022
थिएन होला नि मन त
कति गर्हुंगो भइ होलान् हात हरू
पसिना कति बगे होला चित चित
सास कति फुले होला
मुटु कति पोल्यो हो।।

देखिए जति पनि त सजिलो छैन
----- ढांट्न , कुराहरू मोड्न
अरुले पो पचाइदिन्छन्
आफै सगँ त सकिन्न नि ।।

लाज त अब बाकी नै भएन छोप्न
तर पनि ठिकै छ
गतिलै गुण लगाउनुभयो
आरामै हुनुहोला भन्ने आशा राख्दछु
जिन्दगीमा आटेको पुगोस्
भगवान् सधै दाहिना नै होस।

कहिले नपरोस हातमा किरा
कहिले नहोस कुकर्महरू सम्झेर
मनमा पिडा
कहिले गर्न नपरोस पश्चाताप
फेरी त्यो पनि नाटक नै सम्झिने
अब हुने छैन कम

सबै जित्दा जित्दै पनि
विश्वास चाहीँ ...
हुन त ठगको व्यापारै विश्वासको
Sum It Mar 2014
जीवन- जसरी म सोच्ने गर्दछु
म आफू मात्र समेतिन्छु।
ऐक्लै एकान्तमा रमाउदछु।
साच्दछु माया केवल आफ्नो
,आफ्नै निम्ति ।
अनि मित्रता गास्न म आफै भित्र
गुहार्छु आफैलाई
जीवन - जसरी म बाच्न चहान्छु
म मौनतामा संवाद गर्न चहान्छु
मग्न भइ तारा र जुनमा भुल्न चहान्छु
म यसरी हराउँदछु, म छु म मात्र।

तिमी कसरी फूल्यौ ? कहाँबाट-
लाली छर्दै उदायौ?
आफू भित्र रमाउँदा रमाउदै
तिमी भित्र हराए॥
म बाच्न किन तिमी खोच्न थाले?
Sum It May 2014
के छ र भनी बाकीँ, मेरो सामु आई उभिन्छौ
मेरो मन रेटेर, भएभरको माया निचोरेर
थोपा थोपा सबै चुहाईकन
मेरो दिल तोड्ने अनुहार बोकेर
किन फेरि के खोज्न आईपुग्यौ?
तिमी मन पर्न छाडेको जुग भईसक्यो।

ती दिन सब भुलिसके
जब तिमी मलाई अप्सरा लाग्ने गर्दथ्यो
तिम्रो आवाज मात्र सुनेनी मेरो पेट भर्दथ्यो
डाईटिङ् साईटिङ पनि गर्न छोड्यौ कि कसो
बोली नि के भा' हो कोरेको चक्का जस्तो
तिमी मन पर्न छाडेको जुग भईसक्यो।

नाम तिम्रो रिता कि गीता नि बिर्सिसके
खासमा त तिमीलाई म चिन्दैचिन्दिन
अब जति बाटो छेके नि छेक
नेपाल बन्द चक्काजाम जे गरे नि गर
अनसन बसे नि तिमीलाई बाल दिन्न
तिमी मनपर्न छोडेको जुग भईसक्यो।
Sum It May 2014
तिम्रा शब्दहरु मग्न भई सुनिदिंदा
तिम्रो प्रशंसा अरुले गरिदिंदा
लजाउदै तिमी मुस्कुराउँदा
अनि मैले हो मा हो थपिदिंदा
तिमीलाई सुमित बढि भएको हैन?

खाजा खाई नखाई रिजार्ज गर्थे
तिमीसगँ कुरा गर्न मरिमेट्थे
बाहाना बनाई तिमीले फोन काट्दा
चित्त दुखेनी तिम्रैलागी सहिदिन्थे
तिमीलाई सुमित बढि भएको हैन त?

च्यातेको गन्जी लगाएर भएनी
तिम्रो फेभरेत किताब किनी किनी पढे
तिमीलाई भनी थुप्रै गिफ्ट पनि किने
तिम्रो बसस्टपमा तिमीलाई मात्रै कुरे
अनि तिमीलाई सुमित बढि भएको हैन?

उज्यालोमा तिम्रो वरिपरी घुम्नेहरू
भमरा बनी तिमीलाई चुम्न खोज्नेहरु
अधेरीमा एक्लै छोडी जाँदा
म आउथे, तिम्रो निम्ति भनी
त्येतिबेला तिमीलाई सुमित बढि भएको हैन?

दुई जिब्रे समाजले जिब्रो फेरिदिदा
तिम्रो नाममा कालो छ्याप्ने प्रयास गर्दा
म आई तिम्रो सामु उभिदिन्थे
तिमी सबै रिस म माथि पोखिदिन्थ्यौ
तिमीलाई सुमित बढी भएको हैन त?

मलाई लगेर हिलोमा जोतिदिन्थ्यौ
कहिले चिच्याएर त कहिले नबोली मुटु रेतीदिन्थ्यौ
तिमीलाई मेरो माया बढि भा'को हैन त?
तिमीलाई सुमित अति भा'को हैन त?
Sum It Nov 2015
तिमीसगँ बिताईएका थोरै पलहरू
कोपिला बन्दै सुस्तरी रमाउन खोजेका
प्रेमका स्वप्निल कल्पनाहरू
फूल्न नपाउदैँ
फूलाउन खोज्दा खोज्दै
पिटिक्क भाचेर तिमी हिड्यौँ।
तर सजिलै यो फूल औलाउन पाएन
मन विचित्रको हुँदो रहेछ
मनको किताबको पानाहरू बीच
जतन गरि राखेको त्यो कोपिला
आज फेरी सम्झनाको पाना पल्टिँदा
भेटिएको छ
मेटिएको छ कि केही थोरै तिम्रो माया भनि केलाउँदा कहिल्यै नऔलिने गरि बसेको पाए
अब सायद फूल त हुने छैन यही कोपिला
तर पनि रहर छ, अर्को फूल रोप्ने
त्यसै गरि, त्यसरी नै तिमी सँग
मायाको
पिटिक्कै भाचेरपनि नसुक्ने नऔलाउने
मखमलिको फूल जस्तै
जीवनमा किन खै
तिमी मात्रै यसरी मनपर्यो, म साच्चै बुझ्दिन
Sum It Oct 2022
‍-------काग----
कागले नदेखेको गाउँ छैन
काग नपुगेको ठाउँ छैन
पाताल देखि इन्द्रलोक सम्म
धर्ती देखि यम लोक सम्म
सबैको खवर ल्याउँछ
सबैलाई खवर पुर्याउँछ
कर्म बन्धनमा रमेर बिर्सन्छ आफ्नै घरबार
यहीं महिमाको लागि काग बनेको छ
हर घरमा पहिलो गासंको हकदार
----------------------------------------
ह्याप्पी काग तिहार
----------------------------------------

--------कुकुर----­--------
बलशाली हात्ती होला
चतुर बाँदर होला
बहादुर सिंघ गज्रिएला
सुन्दर मृग नाच्ला
तर एउटा गुण अलग थियो
र कुकुर प्यारो भयो
किनकी इमान थियो
----------------------------------------
ह्याप्पी कुकुर तिहार
-----------------------------------------


-----------लक्ष­्मी------------------------
सम्पतिले मानिस धनी भएन
मनले मानिस गुणी भएन
एउटा चेतना चाहिने रहेछ
एउटा आत्मबोध हुनु पर्छ
पुजा गर्नु दुई हात जोडेर
तर मनभित्र चिहाउनु अनि
सोध्नु देवीलाई - माता के मसँग
छ त त्यो चेतना?
जसले मेरो मनमा गुण भर्नसक्छ
जसले मेरो सम्पतिमा धन भर्न सक्छ?
जय माता लक्ष्मी
-------------------------------------------
ह्यप्पी लक्ष्मी पुजा
-------------------------------------------

-------ग्रहण---­---------------
ग्रहण सूर्यमा लाग्छ
दोष राशीमा लाग्छ
चोख्याउनु पर्ने भयो नजर
अनि पो घैटोमा घाम लाग्छ
Sum It May 2014
जसरी तिमी मेरा पहिलो
किरणहरूसँग सम्मोहनमा रमाएको देख्दैछु
यो केवल सुरूवात हो
ना कि कुनै सुखद् क्लाईम्येक्स
बिस्तारै म तिम्रा आँखा
तिर्मिराउने गरि उचाई छुनेछु
तिम्रो शिरमा तापको फोहरा खस्नेछन्
अनि जुन किरणसँग तिमी मितेरी गास्यौ
मेरो उचाइ सगैँ त्यो साइनोले घोच्नेछ,
चिड्चिडाउने छौ तिमी
परिवर्तन नै यात्राहो जीवनको।

सोचौँउला तिमी यो कथा किन?
जे पनि हुनसक्छ
यहाँ छैन केही सदा सर्वदा हराभरा
म पनि सधै उचाइमा रहन्छु कहाँ
जुन वादलले तिम्रो प्यारो घाम छेक्यो
तिमी तेही खोज्नेछौ फेरि शीघ्र
जुन वर्षाले तिमीलाई हिलो छाप्यो
तिमी कुर्नेछौ उसैलाई म देखि पर
कुनै छहारीमा बसी
र यो सब
मैले बुझेकु छु
किनकी धेरै पहिलो घामहरू
अधेरीले निलेका छन्
र चिर्दै औँशी झुल्केकाछन्
हरेक बिहान नयाँ घाम
भोलि कसले देखेको छ र?
Sum It Oct 2013
यि आखाँहरु
फरफराउछन्
झिम्किरहन्छन्
फर-फर र झिमिक-झिमिकमा
रमाउदा रमाउदैँ
यी थाकेर निदाउछन्
म चाल पाउदिन
- यत्तिकै पनि मलाई अन्धो भन्छन्
Sum It Sep 2014
गर्छन्! बादलले धाकेको अौँसीझैँ रित्ता
रित्ता वाचाहरू,
एक योगीले हरेक नव प्रभातमा साधना गरेसरी,
टोलाउँदै मेरा आखाँहरू
फैलिदै गएका भित्ताहरूमाँझ
क्करिदै गएको त्यो  एकलकाँटे सिलिङ्तिर।

सिलिङ्मा कोरिएका सपनाहरूको डायरी
पल्टाउने क्रममा
साउनको झरी सरी वर्षिने गर्दछन्
मनमा सजिएका अनेक रहरहरू
र बुन्न थाल्दछन् अदृष्य भोलीका
अस्थाई जीवन रेखाहरू

सास बिस्तारै फुल्ने गर्दछन्
हृदयलाई ढुक्क पार्दै
स्वप्न बगैंचा चहार्दै
म पुग्दछु एकान्तमा ती गल्लीहरू बीच,
जहाँ भोलीको सूर्योदय  पश्चात
फेरि हन्डर नखानु छ
एक नमिठो यात्रालाई विश्राम दिदै
म हर रात सपना सजाउछु
संकल्प सङ्गाल्छु, म यात्री बन्छु।।

हरेक बिहानको सुरुवात सगैँ
फेरि
त्यो पल्लो घरको भाले भुक्न थाल्छ
गल्लीका भुस्याहरू मेरा सपनाहरू लुछ्न खोज्छन्
खाल्डो बीच हराएको काठमाडौंको सडकमा म यात्री नभई बौलाहा बनेर भौतारिन्छु,
म यो जीवनको अतिथी
वर्षातमा हिलोले पोतिन्छु
अरू दिन मैलोले लेपिन्छु
बस् चल्दो हो त ... तर दोष कसलाई दिऊँ
यो साधुहरूको देशमा?
आफ्नो हिलो पखाल्नै पर्ने हुन्छ
मैलो मेटाउनै पर्ने हुन्छ
यसै साथ,
म हर साझँ सङ्कल्प र सपनाको सङ्ग्रह बाग्मतिमा सेलाउने गर्दछु
राती सिलिङ अझै क्करिएको पाउछु
भित्ताहरू टाढिएका हुन्छन्
फ्ल्यासब्याकमा अनन्तसम्म एकै दिन दोहरिन्छ
तरपनि हरेक रात सास फुलाउदै
गर्छन् ! सिमलीको भुवासरी उडी बिलाउने वाचाहरू
मेरो खोक्रिदै गएको मन,
टोलाउदै
क्करिदै च्याउरिएका रित्ताे सिलिङतिर
रुझ्दै
सपना र सङ्कल्पको वर्षातमा
थाम्दै
मक्किएका हिम्मतका जगहरू
फगत एक फ्ल्यासब्याकको निम्ति
अनि सायद बहार बोक्ने
भोलीको निम्ति
Sum It Sep 2013
मन उजाडिएको महसुस हुन्छ
अनि कतै जकडिएको आभास हुन्छ
हावाको गन्धमा पनि वाक्न मन लाग्छ
मनमा अनौठो भारी छ, कतै बिसाउन मन लाग्छ

भावुक छु, तर कसैलाई म देखाउन सक्दिन
यो भावहिनता मेरो भावना हो
म बोल्न खोज्दा खोज्दै म लाटो बन्छु
मेरो शब्दहिनता मेरो चित्कार हो

अभिव्यक्त गर्न नसकिएका भावहरु
शब्दको साहारा लिन खोज्दा अझै लाचार बनिदिन्छन्
भावनामा डुबेको छु म, डुब्दै जादै छु गहिराइमा
तर... तर म डुबेको छु सुख्खा मरुभुमिमा

म अन्धो भइसके, आफ्नो खोज्दा खोज्दै
मलाई पागल भनिसके, बुझाउदा बुझाउदै
सबैको भावनामा आफ्नो भाव मिसाउन खोजे
तर... मेरो भावना कतै सुख्खा दलदलमा बिलिन भए

मैले सकिन, म सक्दिन होला अब कहिले
बरु म भावनाको अभावमा बाच्न चाहन्छु
म बिना मुटु रमाउन चाहन्छु
शुन्य भइ शुन्यमा बिलाउन चाहन्छु!!!
Written on July 31, 2013
Sum It Sep 2013
म आउनेछु
म आउदा ठुलो प्रलय आउनेछ - भित्र
डढेलो लाग्नेछ मनमा
अनि बाहिर -- शान्त हुनेछ
कहालीलाग्दो, उराठलाग्दो, डरलाग्दो
म बाजा बाजाएर आउदिन
म केहि हल्ला गर्दिन
म आउनेछु
र चिर्नेछु, चिर्र---चिर्र!
करौटिले काठ चिरेसरी
तँलाई, तिमीलाई, तपाईँलाई अनि हजुरलाई
दुख्ला तर आँशु कस्ले देख्ला?
रगत कमै बग्ला
बगेपनि मलम कल्ले लगाइदेला?
म आउँदा अरु को होला र
कोइ नभएर त आए म!
म आउनेछु
हास्नेछु-- भित्र
ढ्यांरो ठोकेर चिच्याउनेछु
बाहिरी मौनतामा रमाउनेछु
पागल बनाउनेछु
डढेलो लाग्नेछ मनमा
मुटु त यसै छिया छिया भैसक्यो
म जालाउनेछु
म तिम्रो सपना धुवाँ बनाउनेछु
म खरानी बनाइदिनेछु आकाँक्षा
म रमाउछु एकान्तमा
म हास्छु दु:खमा
म, एक्लोपना!
Written on August 27, 2013

I am trying to do this series about personification of things and emotions. This is a Nepali Poem. ( Sorry to those who can't read Nepali)
Sum It Sep 2013
शान्त रात
अनि मिठो सपना
...पक्कै मिठो थियो होला
बिहान मुस्कान थियो
उन्को मुहारमा, सन्तुष्तिको
आनन्दित हर्षको

चियाको चुस्कीसँगै
त्यो उडिरहेको वाफसगैँ
मिठो रातको, सुन्दर सपनाले
तरङ्गीत उन्को भावना, वाफिन थाल्छ
प्रिय भावना, सुन्दर चाहना
उनी
कोट्याउन थाल्छन्
लेख्नथाल्छन्

म बगिरहन्छु, उन्को भावनामा
उनीसँगै,
म मसी थप्दैजान्छु
उनी पोखाउदैँ जान्छन्
मुस्कानका लहर शिथिल हुदैछन्
म केही बोल्दिन,
केवल, बगिरहन्छु
उनीसगँ, उन्कैसगँ
मिलन बिछोडको सम्झनासगँ
समाल्ने र अत्याउने कल्पनासगँ

कुनै नौलो होइन
मेरा लागी, छिनमै देखिने
उन्को यो परिवर्तन
मुस्कानमा रमाउने उन्को ओठ
पिडामा खुम्चिने उन्को निधार
तर म पनि बग्छु उसगैँ
म बग्नैपर्छ
मेरो के अस्तित्वो उनी बिना

उन्ले मेरोलागी पनि
प्रेम पोखेका थिए
...म त्यही थिए,
हरेक समय साथ दिने
म उन्को जीवनको सारथी भएको थिए
उनी भन्थे "तिम्रै साहाराले म बाचेकोछू, आफुलाई पोखेकोछु"
म निर्जीवमा पनि त्यतिबेला पलाए,
सधैँ देखिरहेका उन्को जस्तो, भावना
त्यो दिन म आफैँ पोखिए
शब्द कोर्न नसकेपनि
मसीले लत्पतिए, म रोए सायद

म सधैँ उन्को समीप हुन्छु
महसुस नगरेपनि
उस्ले देखेको भोगेको
म हेरिरहन्छु
उन्को खुसीमा म रमाउदै बग्छु
रोमान्चित बनाउछु ऊन्लाई
अनि दू:ख सबै पखाल्छु
सधै बग्छू, उनैसित

उनी कवि
म,
सहयात्री कलम!
Written On August 29, 2013
I am trying to do this series about personification of things and emotions. This is a Nepali Poem. ( Sorry to those who can't read Nepali)
Sum It Jul 2020
के छ र बाकीँ
चाहन- यो मनसगँ
...
दिन पनि त
होस् न केही
सोच्थे सधैं यहीँ

राखे मन बांधेर
.
.
.
जबसम्म
तिमी-
ठोकिन आइनौं
.
.
.
मन बाधेर त
झन् खुम्चिने रहेछ
मन त
फुकाए पो
अझ पाइने रहेछ


तिमी ठोकियौ
र फेरी चर्केको यो मन
संगालिएको छ
नत्र अझै कति
कसेर बाध्थे होला
झह कति छिया छिया
पार्थे होला
मन त
फुकाए पो
अझ समालिने रहेछ
Sum It Jul 2020
मन~ सुन

कहिले काहीँ तहल्न निस्कदा
दिन भरी पानी पर्दा
उर्लेको हनुमन्ते झैं
एकान्तमा बसेर चियासगैं
तिम्रो यादहरूमा तड्पिन
मन लागेझै लागेझै गर्दा
मन अझ शून्य शुन्य भइदिने
मन ~ सुनको दिन।।

अरूबेला लिखुरे देखिने
र आज
सारा धर्ती बगाउझै गरेको
त्यो लिखुरे हनुमन्तेको
छेउमा गएर
मनको सारा भावना बगाईदे न
भन्न लागेझै लागेझै गर्दा
मन यतिकै यतिकै
शून्य शुन्य भइदिएको
मन ~ सुनको दिन।।

तिमीले पनि मलाई
सम्झेको छौं कि जस्तो
लाग्छ।
र त्यही सम्झनामा
बगेका आशूंहरू पो
हुन् कि
मेरो घरको छतमा आएर
मलाई कविता लेखुझै लुखुझै
बनाउंदा
मन पुरै शून्य शून्य भएर अल्मलिने
मन ~सुनको दिन।

बादलमा लेखेको नामले त
वर्षातमा यादले भिझाउने रहेछ

मनमा लेखेको नामले चाहीँ
बेला बखतमा
मन व्यग्र व्यग्र बनाई
शून्यताले भिजाउने रहेछ

मन ~सुनले बेइमानी गर्यो
जिन्दगीमा
या हो प्रेमले...
Sum It May 2014

म एक पुत्र
एक पति
र एक पिता हुँ

एक न्वारान
एक विवाह
र एक चिता हुँ

म एक होटल
एक बोतल
र एक प्याला हुँ

म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ

म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ

म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ

म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ

म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ

म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा ह
भुपी रक्स!!!
Sum It May 2014
म हांगो समाति उड्न खोज्छु
अनि पातसगैं झरेर सुक्छु
म बादल सगैं उडिहिड्छु
अनि झरीसगैं वर्षेर बिलाउछुँ

म सुकेको पात हुदांपनि
हावासगैं बहन सक्छु
म झरीसगैं वर्षेपनि
नदीसगैं बहन सक्छु

किनकी मलाई था'छ
म उड्न बनेको हुं
म एकदिन आँधि बन्नेछु
म बग्न बनेको हुं
म कुनैदिन बाढी बन्नेछु

म छुँ
वायु,माटो,जल,तेज,अग्नी
सबमा
म हुँ
एक अन्नत यात्रा

मेरो अस्तित्व शुन्य
म घुमिरहन्छु
न छ मेरो कुनै शुरूवात
न छ कही अन्त मेरो
मेरो जन्म यहीँ
मेरो अन्त यहीँ

म छु यहीँ
म छैन कतै
‪#‎eleven11poetrychallenge‬
DAY ELEVEN: Write a poem about yourself, in Nepali

The final day of 11:11 Challenge!!
Sum It Apr 2014
म युद्ध लड्न चहान्छु
संसार एकातिर राखेर म सारा जगत
थर्काउन चहान्छु
राम्राको अनुहार कोपरेर
बोल्नेको मुख च्यातेर
चल्नेको हात खुट्टा भाचेर
सारा जगत मास्न चहान्छु
आइज सिङ्गल सिंगल॥

कुकुर होस् कि होस् बिरालो
सागरको मुनि होस् कि सगरको उकालो
मोटो, पातलो, होचो होस् कि अग्लो
चट्टान जस्तो साह्रो होस् या फुल जस्तो कमलो
केही, कसैलाई राख्दिन म बाकी ं
अाज, अहिले नै म युद्धको शंकघोष गर्न चहान्छु
चहान्छु हैन गर्छु। आइज सिंगल सिंगल।।

काचै खाइदिन्छु सबलाई
मलाई अघाए बाग्मतिमा ढलसँगै बगाईदिन्छु
तर कसैलाई आज बाकीँ राख्ने छैन
आज दया नि छैन माया नि छैन
कि म छैन कि तँ छैन
लाटो रिस उठेको छ
यो रिस खेर जाने छैन।
आइज सिंगल सिंगल॥

को हो अगाडी आइज!!!
मेरो पेट्रोल चोर्ने को हो?
Sum It Sep 2014
दीपको उज्यालोमा अधेरीको हुरी चलेको क्षण
लाग्छ एउटा आशाको समाप्ति लेखिदैछ
हातमा लागेको चोटको बदला आत्माले भोग्दैछ
तरपनि अधेरीकै बानी पर्न शुरू हुदैछ
दीपको शिखामा अतीत जलेको उन्माद चल्दैछ मनमा
बिहानीको शीत सहने अब सास बाकी छैन न रहर
म मरेको नाटक गर्न चाहन्छु
कृपया तिमी मलाई माया गरेको अभिनय गरिदिनु
म मर्दा तिमीलाई पीडा भएसरी आँसु बहाईदिनु
अनि जब म नाटकबाट थाकेर फेरी होसमा आउनेछु
तिमी मलाई सुनाउनु, कति असह्य पीडा थियो म मर्दाको क्षण
अनि भन्नू " अब कहिले नमर्नु"
म सोचमग्न भई फेरि त्यो दीपमा टोलाउन थाल्नेछु
सोच्दै यदी साच्चिकै यो दीपमा तेल सकेर
मलाई अधेरीले निल्यो भने...
तिमी बिलाईसकेकी छ्यौ
मलाई पनि निले, ...
म विचार गर्न थाल्छु

एउटा आशाको पालुवा पलाउदैछ

तिमी र म बीच केवल दुरी
केवल दीपको उजेलीको॥
Sum It May 2014
मैले लेखेको गीत

तिमीले कुनै दिन
मलाई भनेका कुरा अझै याद
नआउने हैनन्।

गोरेटोमा सगैँ चालेका
कदमहरू
दोबाटोमा अल्मलिएर छुट्टिसके
तर तिम्रो निम्ति, तिम्रो नाममा
मैले गीत अझै कोर्न सकिन

तर अवश्य गाउनेछु
तिमीले भुन भुनाउने धुनमा मिलाएर
एकदिन, कुनै एकदिन
म मनबाट गीत

सायद त्यो गीत जुनमा अल्झिएर
तारामा पिल्पीलाएर, चम्किरहेछ
र म खोज्दैछु तिनका
समुन्द्र भित्रको अस्पष्ट छायाँमा

सायद कुनै सखाप हुँदै गरेको
वन पाखामा मैनाको आवाजमा
लुकेको छ त्यो गीत
र म शहरको कोलाहलमा हराएकोछु

सायद कुनै मादलको खरीमा
सायद  साउने झरीमा
लुकेको छ त्यो गीत
र म हराएको छु माघे एकान्तमा

अनि सम्झिन्छु त्यो मैले
आफ्नो सिरानीमुनि राखेको तिम्रो तस्बिर
जसको पछाडी मैले तिम्रो नाम कोरेको थिए

तिमीले गुन गुनाउने धुनसँगै
त्यो शब्द कति मीठो सुनिन्छ।
Sum It Apr 2014
यदि पाउने भए म माया गर्नेथे
मायाको अर्थमा मै कविता कोर्नेथे
ममा लेखिए शब्दहरू धेरै
प्रेमी देखि प्रियासम्म म पुगे घेरै
मेरोसाथ हिड्न फुल चुडिए धेरै
यदि हुने भए म आफै फुल्नेथे
यदि पाउने भए म माया गर्नेथे

जब मेरो निर्जिवतामा उनी सजिवता कोर्थे
म माया रैछु भनी म सोच्ने गर्थे
म बुझ्थे म भित्र दुई- एक बन्थे
लाग्थो मायाको मोल म बढाउँथे
यदि पाउने भए म माया गर्नेथे
लेखिएका हरेक वाचा म पूरा गर्नेथे
हरेक जुनी म उन्लाई नै पाउथे

तर, मन हुनेकै माया बिक्दो रैछ
अनि हरेक प्रहर सगैं यहाँ माया सुक्दो रैछ
हिजोको हासोँले आज पोल्दो हो क्यारे
कोहि माया सुकाउन नसकेर मसगैँ जल्दो रैछ
माया गर्न बरू मैले नै पो जाने,
म हरेस नखाई माया हरपल गर्थे
यदि पाउने भए मै माया गर्नेथे

माया मात्र कागजमा हुन्छ भनी लेखियो कतै
तर साच्ची , यदि पाउने भए म माया गर्थे
मुटु टुक्रिदा म आफू च्यातिन्नथे
बरू टुटेका हर मुटु म जोड्नेथे
रड्डि कागजबाट पुनः सदाबहार प्रम पत्र बन्थे
यदि पाउने भए म माया गर्थे
वियोग हैन, सम्योगान्त हुन्थ
Day 1
#eleven11poetrychallenge

Prompt: From perspective of inanimate objects
Sum It May 2014
बिहान उठेदेखि नै टोलाईरहेका
एक जोडी नयन
पर कुनै क्षितिजमा, यो दुनियाँबाट अलग
धमिलिएको आकाश पारी

गौठलीको गुँड भन्दा पर
धुपीको सिरान माथी
साँझसम्म तोलाईरहेको, नथाकी
बिना झिम्मिक्क , ती एक जोडी नयन

ओइलिएर झरेको फूलको
वासना खोज्दैछन्
हिडेर बिर्सेका पदका
निसानी खोज्दैछन्
भग्नावशेष भित्रको
ईतिहास खोज्दैछन्
डुब्दै गरेको घाममा नयाँ
बिहानी खोज्दैछ्

अनि भेटिएका छन्
धुलाम्य स्मृति बीच सधाझै
बादलको सिरक ओढेको
त्यो सफा दाग, जून उदाएसगैँ
Sum It May 2014
एक दुई घर हुदैँ
टोल टोल छिर्दैँ छ
बिस्तारै कोलाहल मच्चिएको छ चारैतर्फ
सन्त्रास छाएको छ, सारा गाउँमा

बुख्याँचा त पहिले नै भन्थ्यो –
"गाँउमा आज सर्प पसेको देखेँ!"
तर त्यातिबेला न अरु कसैले देख्यो
न बुख्याँचाको कसैले सुन्यो।

गाउँमा आज हिड्ने बाटो छैन
न त कतै बस्ने चौतारा बाकी छ
लुसुक्क पसेको सर्पको आज
जताततै गुड देखिन थालेको छ

देख्दैछ बुख्याँचा, सक्नेहरु झोला बोकीँ हिडेको
कोही गाई निचोर्दै सर्पलाई दुध दिरहेको
बुख्याँचा भन्छ "सारा गुडमा आगो झोस्देऊ!"
तर आफ्नै घरमुनि मान्दैन कोही आगो लगाउन

सर्पदंशले आजित हरेक जन
घायल बन्दैछ बिस्तारै सारा गाउँ
कैयन त मरिसके, अनि वेवारिसे सढिसके
ओखतीको पर्खाईमा आत्तिदैछन् बाँकी सबै

जेठा वैद्द चिन्तित छन्, नसकिने हो की भनी सबलाई
बचाउन ,पालैपालो घाईते बोक्दै आउदैछ  बुख्याँचा
अन्तमा वैद्दकै लाश दोबाटो भेटियो
त्राहीमाम गाउँलेबीच अन्योल चुलियो

वीण बजाउँदै झुल्किन्छ गाउँमा नौलो अनुहार
सगँसगैँ देखियो सर्पदशंको ओखतीको विज्ञापन
वाचा गरियो सबैलाई ओखतीको
अनि भगाईने भईयो सबै सर्प

चिच्यायो बुख्याँचा - " यो सब यसैको काम हो, केवल नाटक हो।"
घाईतेको आहत अगाडी उस्को चिच्याहतले पारेको देखिन्न
केही फरक सशँकित गाउँलेको
लामै लाईन लाग्छ, अब बाचिने भईयो सायद

त्यसपछि बिते कैयन रात र दिन
सारा सर्प गुडबाट महलको कोठीमा सरे
अनि अझै हरेक दिन कोही न कोही
घाईते बन्छ सर्पदंशबाट, लाईन अझै लामै छ,

एकदिन, बुख्याँचा
तेही लाइनमा देखिन्छ, हारेको मुहारमा

तर हार्न पनि कहाँ सजिलो छ र!
Sum It Apr 2014
१.
ग्रीष्म शहर
धुलाम्य प्रतिक्षा-
अनवरत आशा

२.
टुक्रो कलम
निसास्सिएको मन
आधा कबिता

३.
उठेको काल
भरपेट आकांक्षा
चैते चाहाना
Day 5, Haiku(s) ‪#‎eleven11poetrychallenge‬
Sum It Sep 2013
कति पनि संकोज हुन्थेन
जब हामी भेट्थ्यौँ

कति पनि कुरा लुक्थेनन्
जब हामी बोल्थ्यौँ

त्यो ति दिनका कुरा थिए
जब हामी , हामी थियौँ

तर  आज यो के भयो
म म भए, तिमी आफु भयौँ

कति नजिक भेकनपनि
कति टाढा थियौँ

कति चाडैँ भयौँ आफ्नो
कति चाडैँ बिरानो
Written on August 3, 2013
Sum It May 2014
कुन्ठित छ जगत् ,आ-आफ्नै दु:ख भुमरी
यो अज्ञानताबाट , हे वुद्ध, पार पाउ कसरी

यहाँ भेटिन्न रे सुख समृद्धि नभई व्यभिचारी
यो मायाबाट, हे वुद्ध, म आफुलाई बचाउ कसरी

म सुन्छु कतै पाइन्न शान्ति, युद्ध नगरी
यो युद्ध, हे वुद्ध, अन्त्य होला के गरी

रोग, मृत्यु, अाशक्ति, शोकले छन् सब व्याकुल
म खोज्छु , हे वुद्ध, तिम्रै शरणमा ज्ञानको मूल

(वुद्धमऽ सरनम् ऽ गक्षामीऽ
धम्ममऽ सरनम्ऽ गक्षामीऽ
संगमऽ सरनम्ऽ गक्षामीऽ)
http://www.buddhanet.net
Sum It Apr 2014
Happy Tantra Diwash

सभ्यता र विकासको सदकमा आज
विस्मृतिका गाडीहरू हुकिएका देख्छु
सपनामा देखाईएका सुन्दर बगैँचा आज
कालो धुंवाले घेरिएको पाउछु
ठल्ठुला श्वरमा जोड जोडले चिच्याइएका
टोल टोल वस्ति वस्तिमा गुन्जाइएका
कहिले लोकतन्त्र कहिले प्रजातन्त्र
कहिले जनतन्त्र  कहिले गणतन्त्र
नामका अमृत वचनहरू आज सम्झिन्छु
सम्झनाको हरेक प्रहारसगं आत्तिन्छु
आत्तिन्छु म सोच्दै "के मैलेभाषाको अर्थ नबुझेकै हुँ त?"
"कुनै तिर्सनामा मैले गलत व्याख्या पो गरेको छुँ त?"

यदि हैन भने
किन स्वतन्त्रताको जन्जालमा अल्झिएको पाउछु?
किन सुक्दै छन् तिर्खाहरु
किन डबिन्दैछन् पाइलाहरु
किन म आफै देखि भाग्न बाध्य छु?
किन यति धेरै प्रश्ण छन् वरिपरि?
तन्त्रै तन्त्रको मन्त्र उच्चारहणले गुन्जायमान
भड्रगोल भई फात्तिएको छ किन यो सडक

यदि हो भने
धिक्कार छ सबलाई
यत्र तत्र छरिएका सपनाहरु
अझै तन्त्रैतन्त्रमा रुमलिएका आशाहरु
मलाई अनि तिमीलाई जसले तन्त्रहरु
कैयौँ जन्माए
तर मृत जन्माए।

— The End —