Submit your work, meet writers and drop the ads. Become a member
Sum It May 2014
म हांगो समाति उड्न खोज्छु
अनि पातसगैं झरेर सुक्छु
म बादल सगैं उडिहिड्छु
अनि झरीसगैं वर्षेर बिलाउछुँ

म सुकेको पात हुदांपनि
हावासगैं बहन सक्छु
म झरीसगैं वर्षेपनि
नदीसगैं बहन सक्छु

किनकी मलाई था'छ
म उड्न बनेको हुं
म एकदिन आँधि बन्नेछु
म बग्न बनेको हुं
म कुनैदिन बाढी बन्नेछु

म छुँ
वायु,माटो,जल,तेज,अग्नी
सबमा
म हुँ
एक अन्नत यात्रा

मेरो अस्तित्व शुन्य
म घुमिरहन्छु
न छ मेरो कुनै शुरूवात
न छ कही अन्त मेरो
मेरो जन्म यहीँ
मेरो अन्त यहीँ

म छु यहीँ
म छैन कतै
‪#‎eleven11poetrychallenge‬
DAY ELEVEN: Write a poem about yourself, in Nepali

The final day of 11:11 Challenge!!

— The End —