Submit your work, meet writers and drop the ads. Become a member
Ishmarica Sep 2014
More I think, more I sink
More I sink, more I begin
to live in my own dream
I desired
So more and more I think
I absolutely sink.
Ishmarica Sep 2014
मनको भुमरीमा कुराहरु खेलिरहे
मनसुनको हावामा मेरा कपाल उडिरहे
म भने तिम्रै सम्झनामा मुस्कुराइ रहे
Sum It May 2014
जसरी तिमी मेरा पहिलो
किरणहरूसँग सम्मोहनमा रमाएको देख्दैछु
यो केवल सुरूवात हो
ना कि कुनै सुखद् क्लाईम्येक्स
बिस्तारै म तिम्रा आँखा
तिर्मिराउने गरि उचाई छुनेछु
तिम्रो शिरमा तापको फोहरा खस्नेछन्
अनि जुन किरणसँग तिमी मितेरी गास्यौ
मेरो उचाइ सगैँ त्यो साइनोले घोच्नेछ,
चिड्चिडाउने छौ तिमी
परिवर्तन नै यात्राहो जीवनको।

सोचौँउला तिमी यो कथा किन?
जे पनि हुनसक्छ
यहाँ छैन केही सदा सर्वदा हराभरा
म पनि सधै उचाइमा रहन्छु कहाँ
जुन वादलले तिम्रो प्यारो घाम छेक्यो
तिमी तेही खोज्नेछौ फेरि शीघ्र
जुन वर्षाले तिमीलाई हिलो छाप्यो
तिमी कुर्नेछौ उसैलाई म देखि पर
कुनै छहारीमा बसी
र यो सब
मैले बुझेकु छु
किनकी धेरै पहिलो घामहरू
अधेरीले निलेका छन्
र चिर्दै औँशी झुल्केकाछन्
हरेक बिहान नयाँ घाम
भोलि कसले देखेको छ र?
Sum It May 2014
उदेकलाग्दो कोलाहलबीच हराएको अस्तित्व
चिच्याउछ मन, अदृश्य श्वर गुन्जाइकन
फेरि प्रश्न तेर्सिन्छन हरेक कोणमा
कता हराइस् यति बेर, कता खोजिस् र आफुलाई
म अवाक् नै हुन्छु, केही बोल्न खोज्दाखोज्दै बिलाउछु
एकपल उदाएको अस्तित्व पनि,
म सक्दिन अमर बनाउन
सायद सिकीसके अदृश्य भई रमाउन

अर्को मन सम्झाउन खोज्छ र भन्छ
कल्पलोक तेरै हो, तेही लोकको राजा होस्
यता शून्य अस्तित्व उता महलमा रमाउदो छ
संवेदनाको जगमा ठडिएको कल्पकृति
फुरुंग भई आकाश तिर हुत्तिन्छ
अनि म यता नराम्ररी पछारिन्छ
यो चोटको पिडा विशम छ सहन
सायद सिक्दैछु बिस्तारै आफुसंगै हराउन
Sum It May 2014
बिहान उठेदेखि नै टोलाईरहेका
एक जोडी नयन
पर कुनै क्षितिजमा, यो दुनियाँबाट अलग
धमिलिएको आकाश पारी

गौठलीको गुँड भन्दा पर
धुपीको सिरान माथी
साँझसम्म तोलाईरहेको, नथाकी
बिना झिम्मिक्क , ती एक जोडी नयन

ओइलिएर झरेको फूलको
वासना खोज्दैछन्
हिडेर बिर्सेका पदका
निसानी खोज्दैछन्
भग्नावशेष भित्रको
ईतिहास खोज्दैछन्
डुब्दै गरेको घाममा नयाँ
बिहानी खोज्दैछ्

अनि भेटिएका छन्
धुलाम्य स्मृति बीच सधाझै
बादलको सिरक ओढेको
त्यो सफा दाग, जून उदाएसगैँ
Sum It May 2014
मैले लेखेको गीत

तिमीले कुनै दिन
मलाई भनेका कुरा अझै याद
नआउने हैनन्।

गोरेटोमा सगैँ चालेका
कदमहरू
दोबाटोमा अल्मलिएर छुट्टिसके
तर तिम्रो निम्ति, तिम्रो नाममा
मैले गीत अझै कोर्न सकिन

तर अवश्य गाउनेछु
तिमीले भुन भुनाउने धुनमा मिलाएर
एकदिन, कुनै एकदिन
म मनबाट गीत

सायद त्यो गीत जुनमा अल्झिएर
तारामा पिल्पीलाएर, चम्किरहेछ
र म खोज्दैछु तिनका
समुन्द्र भित्रको अस्पष्ट छायाँमा

सायद कुनै सखाप हुँदै गरेको
वन पाखामा मैनाको आवाजमा
लुकेको छ त्यो गीत
र म शहरको कोलाहलमा हराएकोछु

सायद कुनै मादलको खरीमा
सायद  साउने झरीमा
लुकेको छ त्यो गीत
र म हराएको छु माघे एकान्तमा

अनि सम्झिन्छु त्यो मैले
आफ्नो सिरानीमुनि राखेको तिम्रो तस्बिर
जसको पछाडी मैले तिम्रो नाम कोरेको थिए

तिमीले गुन गुनाउने धुनसँगै
त्यो शब्द कति मीठो सुनिन्छ।
Sum It May 2014
म हांगो समाति उड्न खोज्छु
अनि पातसगैं झरेर सुक्छु
म बादल सगैं उडिहिड्छु
अनि झरीसगैं वर्षेर बिलाउछुँ

म सुकेको पात हुदांपनि
हावासगैं बहन सक्छु
म झरीसगैं वर्षेपनि
नदीसगैं बहन सक्छु

किनकी मलाई था'छ
म उड्न बनेको हुं
म एकदिन आँधि बन्नेछु
म बग्न बनेको हुं
म कुनैदिन बाढी बन्नेछु

म छुँ
वायु,माटो,जल,तेज,अग्नी
सबमा
म हुँ
एक अन्नत यात्रा

मेरो अस्तित्व शुन्य
म घुमिरहन्छु
न छ मेरो कुनै शुरूवात
न छ कही अन्त मेरो
मेरो जन्म यहीँ
मेरो अन्त यहीँ

म छु यहीँ
म छैन कतै
‪#‎eleven11poetrychallenge‬
DAY ELEVEN: Write a poem about yourself, in Nepali

The final day of 11:11 Challenge!!
Sum It Apr 2014
१.
ग्रीष्म शहर
धुलाम्य प्रतिक्षा-
अनवरत आशा

२.
टुक्रो कलम
निसास्सिएको मन
आधा कबिता

३.
उठेको काल
भरपेट आकांक्षा
चैते चाहाना
Day 5, Haiku(s) ‪#‎eleven11poetrychallenge‬

— The End —