Submit your work, meet writers and drop the ads. Become a member
Mystic Ink Plus Feb 2020
उदाउदा कम्युनिष्ट
अस्ताउदा कम्युनिष्ट
खाली
र भरि पेट
अस्थायी वास्तविकता
शैली : अवलोकन
विषय: आवरण
Mystic Ink Plus Jan 2020
उही भाइले मलाई सोध्यो
छोटो समयमा राम्रो परिणाम प्राप्त गरी,बधाई पाउने कार्य
के छ दाई?

सुनेकै कुरा मैले भन्दिए,
"यो समयमा त, श्री स्वस्थानी व्रत गर"

हाँस्दै, उनले भन्यो, "त्यो त हो"
"तर  व्रत बसेर, कसरि बधाई पाइन्छ त?"

त्यो त  पाइदैन
त्यसो भए अर्को काम गर

"भन्नु के?"

भन्दिए, विहे गर, छिटो बधाई पाउन
अन्तरध्यानमा बसेका, कहिले नबोल्नेले पनि दर्शन दिदै बधाई दिन्छन

"त्यो त हो, यो त तयारी आवश्यक पर्छ"

त्यो पनि नगरे
बेरोजगारीको बल देखाउ
जाउ
टुँडिखेलमा कोदो रोप
खुल्लामन्चमा कराउ
सरकारलाई झकझकाऊ
जहा जे सक्छै, केही चाही गर
-
शैली : प्रयोगात्मक सम्वाद
विषय : कर्म
Mystic Ink Plus Jan 2020
कुसमयमा
मलाई सोधियो
"त्यो मुर्ख छ, कसरी व्यवहार गर्ने ?"

मैले प्रतीप्रश्न गरे, "के तिमी पक्का छाै कि ऊ मुर्ख छ?
[ हो जवाफ आउने प्रवल सम्भावना थियो, म सुन्न तयार थिए ]

"हो, सबैलाई यो थाहा छ।" सोही जवाफ आयो

सक्छाै भने दूरी बढाउ
टाढा बस
त्यती सक्दैनै भने..........

"भने के" सोधीहाल्यो

भन्दिए,
"उ भन्दा मुर्ख बन"
"ठूलो मुर्ख देखि, मुर्खपनि डराउछ"

फोन राखेको संकेत आयो.......
शैली : प्रयोगात्मक
विषय : दैनिक जीवन
ध्यानाकर्षण: कृपया संवाद सुनीसकेपछि सबै श्रोताले पुष्पाञ्जली लिनु र मन्नन गर्नु ।
Mystic Ink Plus Nov 2019
गणेशजीले सोधे
अब जोगीन
मैले के गर्नु पर्छ ?

मैले भन्दिए
अली
छाटिनु पर्छ
अली
त्यो हजुरको वाहनलाईचै आराम दिनुहोला
अली
धेरै मुख मिठो नगर्नुस्

ल अब त्यो
लड्डु एक्लै नखानुस्

धन्वंतरीको सत्संगमा बस्नुस्
सदा जय होला
शैली : अवलोकन
विषय: विश्व मधुमेह दिवस
Mystic Ink Plus Nov 2019
आउनुहोस् आउनुहोस्
छिटो छिटो

बल्खु
सानेपा
एकान्तकुना
सातदोबाटो
कोटेश्वर
पशुपति

आर्यघाट
-
शैली :अमूर्त
विषय :आखिर सहचालकले ठाउमै पुर्यायो
Mystic Ink Plus Nov 2019
I was told
To observe
Not to intervene
To listen
Not to be vocal
To tolerate
Not to offend

I was told
What is holy?
What is unholy?
To seek light in the dark
And to stay rooted

I was told
To be kind next to
My space
My home
My nation
And practice act of forgiveness

I was told
When mind thinks wrong
Beware of self

I was told
All the above
And many more

Something wrong!
Never did they tell
How long?
I have to stay numb
Or hold the belief
That shadow is me

Tell me
Genre: Rational
Theme: Make sense || Dignity Project
Author's Note: Let's try to look, and let's try to see
पृष्ठभूमि :
एकैछिनकोलागि
मिलाउनैकोलागि
मैले भन्दिए, तिमीहरु ,उनीहरु सबै राम्रा छौ
.मनमा त थाहा छ तिमीहरु कस्ता छौ
Mystic Ink Plus Nov 2019
कहिलेकाही
शान्त आत्मालाई
हसाउन

काउकुती लगाउन
जरुरी छ
शैली : मुक्तक
विषय: व्यावहारिक ज्ञान || सरोकार
Mystic Ink Plus Nov 2019
आफ्नु घर सफा राख्न
लक्ष्मी पूजाको बार पात्रोमा
घेरा लगाउनेहरु

टोल सफा देख्न
फेरी  सि जिन पिंग कुर्नेहरुनै

आज मसंग
सर सफाईको कुरा गर्दैछन् ।

अनी
यी दुई कान मेरा
के का लागी ?
शैली : अवलोकन
विषय: जो बोल्छ उही छुच्चो
Mystic Ink Plus Oct 2019
मलाई सोधियो
किन भाईटीका अन्तिम दिनमा मनाइन्छ?

मैले भन्दिए
परापूर्वक कालदेखिनै
पूर्वीय दर्शनमा
हिरोको प्रवेश अन्तिममै हुन्छ ।
शैली : अवलोकन
विषय: प्रश्न यस्तो थियो
Mystic Ink Plus Oct 2019
तिमी मलाई

सेल पकाउन सिकाउछेऊ
कि आफै आउछेऊ ?
शैली : प्रयोगात्मक
विषय: सीधा कुरा, भन भन भाई हो।
Next page