केही मान्छेहरु आउदा तिमी
मस्तिष्कको ढोका बन्द गर, दिलको खोल
ती तिमीभित्र पस्न त सकुन्
तर निस्केर जाउन्
केही मान्छेहरु आउदा तिमी
मस्तिष्कको ढोका खोल, दिलको बन्द गर
ती मान्छेहरु
आउन जान सकुन्
केही मान्छेहरु आउदा तिमी
दिल र मस्तिष्क दुबैको ढोका बन्द गर
चक्षुमात्र खोल
ती चक्षुबाट भित्र मस्तिष्क हुदै
दिलसम्म भने नपुगुन्
ती आए, तिमी स्वागत गर
नआए, खातीर नमान
केही मान्छेहरु आउदा तिमी
मस्तिष्क दिल दुबै खोल
ती मध्य धेरैलाइ मस्तिष्कमै रोक
कमैलाइ दिलभित्र राख
केही मान्छेहरुलाइ मात्र तिमी
चक्षु, मस्तिष्क र दिल तिनै ढोका खुल्ला राख
ती चक्षु, मस्तिष्क हुदै दिलमा बसुन
तिमी ती पसिसकेपछि
चक्षु बन्द गर
सदा ती त्यही बसुन्
शैली : अवलोकन
विषय: चक्षु, मस्तिष्क र दिल || The Third Eye
Author's Note:
Never trust on
The outer reflections
Yes-to-Yes compliments
Never you will be wrong
If identify vibration of
The inner instinct
Let patience do the rest
Keep watching till the time
When we will witness
Skin shedding
Otherwise We don’t judge people
Their vibration let us
Whom to keep distance
Whom to get close