Submit your work, meet writers and drop the ads. Become a member
Arise Apr 2024
तिमी हो भन,
म होइन भन्छु।

तिमी होइन भन,
म हो भन्छु।

उ को हो ? भन,
कोहि होइन उ म भन्छु।

मैले गरेका गल्ति गन,
सजाय सरि आफुले-आफै थुनिरहन्छु।

मलाई गलत गाली भन,
म तेसलाई सुनिरहन्छु।

गालीको कारण भने नभन,
म मन-मनै बुनीरहन्छु ।

तिमी म तिम्रो होइन भन,
म तिम्रो जुनी-जुनी रहन्छु।

म चाहन्छु तिम्रो अरोपको बन्दि हुन,
तिमीलई स्पर्शनु मेरो हात म खोलीरहन्छु।

ती अध्यारा कोठामा मलाइ थुन,
म तिम्रै कन्चेटिमा डुलिरहन्छु।

बस!!

तिमी म तिम्रो होइन भन,
म तिम्रो जुनी-जुनी रहन्छु।

                 .. जुनी-जुनी रहन्छु।।
Written in conversation with Yajana.
Sum It Nov 2022
कहिलेकाहीं -
कविता लेख्न मनलाग्छ
देशभक्तिको गीत लेख्न मनलाग्छ।

अनि लेख्न बस्छु...
तिम्रो -
मुहार सम्झिन्छु
देशको मायाले -
तिमीलाई छोडेको पल सम्झिन्छु
अनि अल्मलिन्छु...
लेख्न छोड्छु

मेरो देशप्रेम पनि अपुरो अपुरो लाग्न थाल्छ!
मेरो प्रेम पनि अपुरो अपुरो लाग्न थाल्छ!
Sum It Jul 2020
मन~ सुन

कहिले काहीँ तहल्न निस्कदा
दिन भरी पानी पर्दा
उर्लेको हनुमन्ते झैं
एकान्तमा बसेर चियासगैं
तिम्रो यादहरूमा तड्पिन
मन लागेझै लागेझै गर्दा
मन अझ शून्य शुन्य भइदिने
मन ~ सुनको दिन।।

अरूबेला लिखुरे देखिने
र आज
सारा धर्ती बगाउझै गरेको
त्यो लिखुरे हनुमन्तेको
छेउमा गएर
मनको सारा भावना बगाईदे न
भन्न लागेझै लागेझै गर्दा
मन यतिकै यतिकै
शून्य शुन्य भइदिएको
मन ~ सुनको दिन।।

तिमीले पनि मलाई
सम्झेको छौं कि जस्तो
लाग्छ।
र त्यही सम्झनामा
बगेका आशूंहरू पो
हुन् कि
मेरो घरको छतमा आएर
मलाई कविता लेखुझै लुखुझै
बनाउंदा
मन पुरै शून्य शून्य भएर अल्मलिने
मन ~सुनको दिन।

बादलमा लेखेको नामले त
वर्षातमा यादले भिझाउने रहेछ

मनमा लेखेको नामले चाहीँ
बेला बखतमा
मन व्यग्र व्यग्र बनाई
शून्यताले भिजाउने रहेछ

मन ~सुनले बेइमानी गर्यो
जिन्दगीमा
या हो प्रेमले...
Sum It Jul 2020
के छ र बाकीँ
चाहन- यो मनसगँ
...
दिन पनि त
होस् न केही
सोच्थे सधैं यहीँ

राखे मन बांधेर
.
.
.
जबसम्म
तिमी-
ठोकिन आइनौं
.
.
.
मन बाधेर त
झन् खुम्चिने रहेछ
मन त
फुकाए पो
अझ पाइने रहेछ


तिमी ठोकियौ
र फेरी चर्केको यो मन
संगालिएको छ
नत्र अझै कति
कसेर बाध्थे होला
झह कति छिया छिया
पार्थे होला
मन त
फुकाए पो
अझ समालिने रहेछ
Mystic Ink Plus Mar 2020
चामल र बालुवा मिसाए
चामल थान्छ, बालुवा खराब
बालुवा मान्छ, चामल खराब
शैली :अमूर्त
विषय: निशब्द
विचार : सरोकार, यो कसले  मिश्रण गर्यो?
Mystic Ink Plus Mar 2020
धेरै भो
मैले
धेरै चिनारुलाई
"तिमी कस्तो छाै?"
भनेर सोध्न छोडेको

तिम्रो बच्चालाई
तिम्रो श्रीमतीलाई
तिम्रो श्रीमानलाई
कस्तो छ
सोध्छु

उस्को अवस्था जान्न
शैली : प्रयोगात्मक
विषय : सरोकार  || हाल खबर
Next page