हामी चिडीयाघर बनाएर स्वतन्त्रता कैद गर्छौ संग्रहालय बनाएर युद्धका बिजय, पराजय कैद गर्छौ पहिलोमा जिवित दोस्रोमा निर्जिव यि दुइ बीचका हामी कति जिवित र कति निर्जिब छौ
संग्रहालयलाई चिडीयाघरमा राखेर वर्तमान चिडीयाघरलाइ संग्रहालमा राखेर भुत रचिरहनु भन्दा सबैले शान्ति निर्माण गर्न लागे धर्तीमा बिजयका कथाहरुमात्र हुनेछन् ।