एक दुई घर हुदैँ
टोल टोल छिर्दैँ छ
बिस्तारै कोलाहल मच्चिएको छ चारैतर्फ
सन्त्रास छाएको छ, सारा गाउँमा
बुख्याँचा त पहिले नै भन्थ्यो –
"गाँउमा आज सर्प पसेको देखेँ!"
तर त्यातिबेला न अरु कसैले देख्यो
न बुख्याँचाको कसैले सुन्यो।
गाउँमा आज हिड्ने बाटो छैन
न त कतै बस्ने चौतारा बाकी छ
लुसुक्क पसेको सर्पको आज
जताततै गुड देखिन थालेको छ
देख्दैछ बुख्याँचा, सक्नेहरु झोला बोकीँ हिडेको
कोही गाई निचोर्दै सर्पलाई दुध दिरहेको
बुख्याँचा भन्छ "सारा गुडमा आगो झोस्देऊ!"
तर आफ्नै घरमुनि मान्दैन कोही आगो लगाउन
सर्पदंशले आजित हरेक जन
घायल बन्दैछ बिस्तारै सारा गाउँ
कैयन त मरिसके, अनि वेवारिसे सढिसके
ओखतीको पर्खाईमा आत्तिदैछन् बाँकी सबै
जेठा वैद्द चिन्तित छन्, नसकिने हो की भनी सबलाई
बचाउन ,पालैपालो घाईते बोक्दै आउदैछ बुख्याँचा
अन्तमा वैद्दकै लाश दोबाटो भेटियो
त्राहीमाम गाउँलेबीच अन्योल चुलियो
वीण बजाउँदै झुल्किन्छ गाउँमा नौलो अनुहार
सगँसगैँ देखियो सर्पदशंको ओखतीको विज्ञापन
वाचा गरियो सबैलाई ओखतीको
अनि भगाईने भईयो सबै सर्प
चिच्यायो बुख्याँचा - " यो सब यसैको काम हो, केवल नाटक हो।"
घाईतेको आहत अगाडी उस्को चिच्याहतले पारेको देखिन्न
केही फरक सशँकित गाउँलेको
लामै लाईन लाग्छ, अब बाचिने भईयो सायद
त्यसपछि बिते कैयन रात र दिन
सारा सर्प गुडबाट महलको कोठीमा सरे
अनि अझै हरेक दिन कोही न कोही
घाईते बन्छ सर्पदंशबाट, लाईन अझै लामै छ,
एकदिन, बुख्याँचा
तेही लाइनमा देखिन्छ, हारेको मुहारमा
तर हार्न पनि कहाँ सजिलो छ र!