Submit your work, meet writers and drop the ads. Become a member
 
Sum It May 2014
मैले लेखेको गीत

तिमीले कुनै दिन
मलाई भनेका कुरा अझै याद
नआउने हैनन्।

गोरेटोमा सगैँ चालेका
कदमहरू
दोबाटोमा अल्मलिएर छुट्टिसके
तर तिम्रो निम्ति, तिम्रो नाममा
मैले गीत अझै कोर्न सकिन

तर अवश्य गाउनेछु
तिमीले भुन भुनाउने धुनमा मिलाएर
एकदिन, कुनै एकदिन
म मनबाट गीत

सायद त्यो गीत जुनमा अल्झिएर
तारामा पिल्पीलाएर, चम्किरहेछ
र म खोज्दैछु तिनका
समुन्द्र भित्रको अस्पष्ट छायाँमा

सायद कुनै सखाप हुँदै गरेको
वन पाखामा मैनाको आवाजमा
लुकेको छ त्यो गीत
र म शहरको कोलाहलमा हराएकोछु

सायद कुनै मादलको खरीमा
सायद  साउने झरीमा
लुकेको छ त्यो गीत
र म हराएको छु माघे एकान्तमा

अनि सम्झिन्छु त्यो मैले
आफ्नो सिरानीमुनि राखेको तिम्रो तस्बिर
जसको पछाडी मैले तिम्रो नाम कोरेको थिए

तिमीले गुन गुनाउने धुनसँगै
त्यो शब्द कति मीठो सुनिन्छ।
Sum It May 2014
के शब्द कोरू तिम्रो यादमा छाडी गएपछि
सगैँ पाईला चाल्दाचाल्दै टाढि गएपछि

हिजोका ती मिठापनि तितो लाग्छ आज
बोल्दा बोल्दै मौनताले घेरी दिएपछि

पुर्णिमाकै जुन पनि कालो देख्छु म त
मायाले नै यी आखाँमा छारो हानेपछि

अझै म त दोबाटोमै आशा गरि बस्छु
आशा पनि मारू कसरी माया लाएपछी
just trying to write gajal...

yeso bujhda yo gajal bhayenacha... puzzle matra bhayecha
Sum It May 2014
Desperated soul rising low in crude hours
In dance with tunes of discarded symphonies
I know its time with parasitic inception
Time which can never change again
You may think this was all meant to be
I may smile and walk the other way
But the interwined souls are never on release
None has seen the solitude that watches both
Lonely hours in parks, I spend today
The giant of giants setting its sail
Innocent breeze filling me with malaise
The benches broken and the weeds uncut
Old couples reliving their prime in solace
New sailors of the sky with splashing eyes
How everything points back to time together
Clueless how everything relates
All the curls and turns ending right at you
I may say, this was all meant to be
You may smile and walk miles away
Do onto others what they do to you
Sum It May 2014
Sometimes when we cross
each other these days,
I almost forget
we are no more the same 'us'
But still we smile
talk, drink coffees
chating, mumbling, teasing
you talk about your ex
I also talk about you
And I wonder what is so funny
But in persuit of Living the Moment
I laugh with you
And nothing ever changed
We just lost each other
Must be the beauty of 'us'
With you at the opposite corner
All my memories of tragic aftermath
I hardly remember the frustrations
Its been so long.
Just so, we are nomore chained
and as we part, .............................
(Please let's spend all day together)
Sum It May 2014
के छ र भनी बाकीँ, मेरो सामु आई उभिन्छौ
मेरो मन रेटेर, भएभरको माया निचोरेर
थोपा थोपा सबै चुहाईकन
मेरो दिल तोड्ने अनुहार बोकेर
किन फेरि के खोज्न आईपुग्यौ?
तिमी मन पर्न छाडेको जुग भईसक्यो।

ती दिन सब भुलिसके
जब तिमी मलाई अप्सरा लाग्ने गर्दथ्यो
तिम्रो आवाज मात्र सुनेनी मेरो पेट भर्दथ्यो
डाईटिङ् साईटिङ पनि गर्न छोड्यौ कि कसो
बोली नि के भा' हो कोरेको चक्का जस्तो
तिमी मन पर्न छाडेको जुग भईसक्यो।

नाम तिम्रो रिता कि गीता नि बिर्सिसके
खासमा त तिमीलाई म चिन्दैचिन्दिन
अब जति बाटो छेके नि छेक
नेपाल बन्द चक्काजाम जे गरे नि गर
अनसन बसे नि तिमीलाई बाल दिन्न
तिमी मनपर्न छोडेको जुग भईसक्यो।
Sum It May 2014
उदेकलाग्दो कोलाहलबीच हराएको अस्तित्व
चिच्याउछ मन, अदृश्य श्वर गुन्जाइकन
फेरि प्रश्न तेर्सिन्छन हरेक कोणमा
कता हराइस् यति बेर, कता खोजिस् र आफुलाई
म अवाक् नै हुन्छु, केही बोल्न खोज्दाखोज्दै बिलाउछु
एकपल उदाएको अस्तित्व पनि,
म सक्दिन अमर बनाउन
सायद सिकीसके अदृश्य भई रमाउन

अर्को मन सम्झाउन खोज्छ र भन्छ
कल्पलोक तेरै हो, तेही लोकको राजा होस्
यता शून्य अस्तित्व उता महलमा रमाउदो छ
संवेदनाको जगमा ठडिएको कल्पकृति
फुरुंग भई आकाश तिर हुत्तिन्छ
अनि म यता नराम्ररी पछारिन्छ
यो चोटको पिडा विशम छ सहन
सायद सिक्दैछु बिस्तारै आफुसंगै हराउन
Sum It May 2014
तिम्रा शब्दहरु मग्न भई सुनिदिंदा
तिम्रो प्रशंसा अरुले गरिदिंदा
लजाउदै तिमी मुस्कुराउँदा
अनि मैले हो मा हो थपिदिंदा
तिमीलाई सुमित बढि भएको हैन?

खाजा खाई नखाई रिजार्ज गर्थे
तिमीसगँ कुरा गर्न मरिमेट्थे
बाहाना बनाई तिमीले फोन काट्दा
चित्त दुखेनी तिम्रैलागी सहिदिन्थे
तिमीलाई सुमित बढि भएको हैन त?

च्यातेको गन्जी लगाएर भएनी
तिम्रो फेभरेत किताब किनी किनी पढे
तिमीलाई भनी थुप्रै गिफ्ट पनि किने
तिम्रो बसस्टपमा तिमीलाई मात्रै कुरे
अनि तिमीलाई सुमित बढि भएको हैन?

उज्यालोमा तिम्रो वरिपरी घुम्नेहरू
भमरा बनी तिमीलाई चुम्न खोज्नेहरु
अधेरीमा एक्लै छोडी जाँदा
म आउथे, तिम्रो निम्ति भनी
त्येतिबेला तिमीलाई सुमित बढि भएको हैन?

दुई जिब्रे समाजले जिब्रो फेरिदिदा
तिम्रो नाममा कालो छ्याप्ने प्रयास गर्दा
म आई तिम्रो सामु उभिदिन्थे
तिमी सबै रिस म माथि पोखिदिन्थ्यौ
तिमीलाई सुमित बढी भएको हैन त?

मलाई लगेर हिलोमा जोतिदिन्थ्यौ
कहिले चिच्याएर त कहिले नबोली मुटु रेतीदिन्थ्यौ
तिमीलाई मेरो माया बढि भा'को हैन त?
तिमीलाई सुमित अति भा'को हैन त?
Next page