कुन्ठित छ जगत् ,आ-आफ्नै दु:ख भुमरी
यो अज्ञानताबाट , हे वुद्ध, पार पाउ कसरी
यहाँ भेटिन्न रे सुख समृद्धि नभई व्यभिचारी
यो मायाबाट, हे वुद्ध, म आफुलाई बचाउ कसरी
म सुन्छु कतै पाइन्न शान्ति, युद्ध नगरी
यो युद्ध, हे वुद्ध, अन्त्य होला के गरी
रोग, मृत्यु, अाशक्ति, शोकले छन् सब व्याकुल
म खोज्छु , हे वुद्ध, तिम्रै शरणमा ज्ञानको मूल
(वुद्धमऽ सरनम् ऽ गक्षामीऽ
धम्ममऽ सरनम्ऽ गक्षामीऽ
संगमऽ सरनम्ऽ गक्षामीऽ)
http://www.buddhanet.net