न तोडन सक्यौ, न मोडन सक्यौ न यो मनलाइ आफुमा जोडन सक्यौ न हल्लाउन सक्यौ, न सुकाउन सक्यौ न मेरो विचारलाइ भत्काउन सक्यौ न लडाउन सक्यौ, न बदल्न सक्यौ न दिल चुडाएर, जलाउन सक्यौ आकास र धर्ती बीचको पुललाइ न बलले पन्छाउन सक्यौ न किन्न सक्यौ, न खोस्न सक्यौ न यो मनलाइ एक पल चिन्न सक्यौ पद, प्रतिष्ठा भन्दा माथिको यो दुनियामा न तिमी छिर्न सक्यौ न मेरो स्वाभिमानलाइ न विचारलाइ, निचोर्न सक्यौ दबायौ केहि क्षणमात्र, न तिमीले जित्न सक्यौ
न तोडन सक्यौ, न मोडन सक्यौ न यो मनलाइ आफुमा जोडन सक्यौ ।