मैले देखेका सपनाहरु तिमीलाई कसरी थाहा भो ? न दुरी कसैले ल्याउन सक्यो, न खन्यो कुनै खाडल त्यो मौन रहिरहे म, तिमी पनि मौननै रहिरहेऊ मैले जे देखेको थिए, तिमीले पनि त्यहि कसरी देख्यौ ?
साझा तीे हाम्रा सपनाहरु, धर्तीका खातीर थिए सकेन कसैले छुट्टाउन, सफलभै छोडे तिमीले मेरो सपनालाई तिम्रो भन्यौ मैले तिम्रो सपनालाई मेरो भने
आफुलाई मैले तिमीबाट झिक्न सकिन न तिमीले आफुलाई मबाट झिक्न सकेऊ तिमीले देखेका सपनाहरु, मैलेै पहिलेनै भन्दिए मैले देखेका सपनाहरु तिमीलाई कसरी थाहा भो ?