जसरी तिमी मेरा पहिलो किरणहरूसँग सम्मोहनमा रमाएको देख्दैछु यो केवल सुरूवात हो ना कि कुनै सुखद् क्लाईम्येक्स बिस्तारै म तिम्रा आँखा तिर्मिराउने गरि उचाई छुनेछु तिम्रो शिरमा तापको फोहरा खस्नेछन् अनि जुन किरणसँग तिमी मितेरी गास्यौ मेरो उचाइ सगैँ त्यो साइनोले घोच्नेछ, चिड्चिडाउने छौ तिमी परिवर्तन नै यात्राहो जीवनको। र सोचौँउला तिमी यो कथा किन? जे पनि हुनसक्छ यहाँ छैन केही सदा सर्वदा हराभरा म पनि सधै उचाइमा रहन्छु कहाँ जुन वादलले तिम्रो प्यारो घाम छेक्यो तिमी तेही खोज्नेछौ फेरि शीघ्र जुन वर्षाले तिमीलाई हिलो छाप्यो तिमी कुर्नेछौ उसैलाई म देखि पर कुनै छहारीमा बसी र यो सब मैले बुझेकु छु किनकी धेरै पहिलो घामहरू अधेरीले निलेका छन् र चिर्दै औँशी झुल्केकाछन् हरेक बिहान नयाँ घाम भोलि कसले देखेको छ र?