उदेकलाग्दो कोलाहलबीच हराएको अस्तित्व चिच्याउछ मन, अदृश्य श्वर गुन्जाइकन फेरि प्रश्न तेर्सिन्छन हरेक कोणमा कता हराइस् यति बेर, कता खोजिस् र आफुलाई म अवाक् नै हुन्छु, केही बोल्न खोज्दाखोज्दै बिलाउछु एकपल उदाएको अस्तित्व पनि, म सक्दिन अमर बनाउन सायद सिकीसके अदृश्य भई रमाउन
अर्को मन सम्झाउन खोज्छ र भन्छ कल्पलोक तेरै हो, तेही लोकको राजा होस् यता शून्य अस्तित्व उता महलमा रमाउदो छ संवेदनाको जगमा ठडिएको कल्पकृति फुरुंग भई आकाश तिर हुत्तिन्छ अनि म यता नराम्ररी पछारिन्छ यो चोटको पिडा विशम छ सहन सायद सिक्दैछु बिस्तारै आफुसंगै हराउन