कहिले काहीँ तहल्न निस्कदा दिन भरी पानी पर्दा उर्लेको हनुमन्ते झैं एकान्तमा बसेर चियासगैं तिम्रो यादहरूमा तड्पिन मन लागेझै लागेझै गर्दा मन अझ शून्य शुन्य भइदिने मन ~ सुनको दिन।।
अरूबेला लिखुरे देखिने र आज सारा धर्ती बगाउझै गरेको त्यो लिखुरे हनुमन्तेको छेउमा गएर मनको सारा भावना बगाईदे न भन्न लागेझै लागेझै गर्दा मन यतिकै यतिकै शून्य शुन्य भइदिएको मन ~ सुनको दिन।।
तिमीले पनि मलाई सम्झेको छौं कि जस्तो लाग्छ। र त्यही सम्झनामा बगेका आशूंहरू पो हुन् कि मेरो घरको छतमा आएर मलाई कविता लेखुझै लुखुझै बनाउंदा मन पुरै शून्य शून्य भएर अल्मलिने मन ~सुनको दिन।
बादलमा लेखेको नामले त वर्षातमा यादले भिझाउने रहेछ र मनमा लेखेको नामले चाहीँ बेला बखतमा मन व्यग्र व्यग्र बनाई शून्यताले भिजाउने रहेछ
मन ~सुनले बेइमानी गर्यो जिन्दगीमा या हो प्रेमले...