Submit your work, meet writers and drop the ads. Become a member
May 2014
मैले लेखेको गीत

तिमीले कुनै दिन
मलाई भनेका कुरा अझै याद
नआउने हैनन्।

गोरेटोमा सगैँ चालेका
कदमहरू
दोबाटोमा अल्मलिएर छुट्टिसके
तर तिम्रो निम्ति, तिम्रो नाममा
मैले गीत अझै कोर्न सकिन

तर अवश्य गाउनेछु
तिमीले भुन भुनाउने धुनमा मिलाएर
एकदिन, कुनै एकदिन
म मनबाट गीत

सायद त्यो गीत जुनमा अल्झिएर
तारामा पिल्पीलाएर, चम्किरहेछ
र म खोज्दैछु तिनका
समुन्द्र भित्रको अस्पष्ट छायाँमा

सायद कुनै सखाप हुँदै गरेको
वन पाखामा मैनाको आवाजमा
लुकेको छ त्यो गीत
र म शहरको कोलाहलमा हराएकोछु

सायद कुनै मादलको खरीमा
सायद  साउने झरीमा
लुकेको छ त्यो गीत
र म हराएको छु माघे एकान्तमा

अनि सम्झिन्छु त्यो मैले
आफ्नो सिरानीमुनि राखेको तिम्रो तस्बिर
जसको पछाडी मैले तिम्रो नाम कोरेको थिए

तिमीले गुन गुनाउने धुनसँगै
त्यो शब्द कति मीठो सुनिन्छ।
Sum It
Written by
Sum It
580
   amrutha
Please log in to view and add comments on poems