देशको आकार नहेर तिमी छाप्रो नै होस् बरू यहाँ सारा मन अटाउछ आगँनको दुर्गन्धमा तिमी मुख बिगार्लाउ आमाले नै हो त्यो सफा गरिदिने बुबाको पसिनामा नाक खुम्च्याउछौ भने सम्झ, त्यही पसिनाले ले नै हो तिम्रो भोक तार्ने
जब उदाउन छोड्नेछ सूर्य तब घामको महानता हुन्छ ज्ञान जब रोकिन थाल्दछ सास तब हावाको मूल्य हुन्छ ज्ञान
देशको सिमाना कोर्ने रगत सम्झ देश बनाउन कति घाम चाहिन्छ राष्ट्रमा जीवन भर्ने ती योद्धा सम्झ राष्ट्र जोगाउन कति सास चाहिन्छ
तिमी आज जात हेर आफ्नो भेष भाषा हेर तर एक पटक मन खोलेर हेर त्यो सब जोगाउन कति ठुलो छत चाहिन्छ माथिको त्यो आकाश हेर
पराईको तिमी हिरा भन्लाउ आगँनको त्यो लालीगुरासँ हेर हिराको चमक तिमी भन्लाउ तर मन रमाउने सुगन्ध नभुल
छाप्रो नै नहोस् बरू मन बिसाउने अरु काख हुन्न आमालाई अत्याचार गर्ने कदापी कहिल्यै सपूत हुन्न दाजुभाइको हात हेर घर जोगाउन अरु साथ हुन्न त्यो छातीमा स्वाभिमान हेर बुबाको जस्तो अरू आसिर्वाद हुन्न