तिमीसगँ बिताईएका थोरै पलहरू कोपिला बन्दै सुस्तरी रमाउन खोजेका प्रेमका स्वप्निल कल्पनाहरू फूल्न नपाउदैँ फूलाउन खोज्दा खोज्दै पिटिक्क भाचेर तिमी हिड्यौँ। तर सजिलै यो फूल औलाउन पाएन मन विचित्रको हुँदो रहेछ मनको किताबको पानाहरू बीच जतन गरि राखेको त्यो कोपिला आज फेरी सम्झनाको पाना पल्टिँदा भेटिएको छ मेटिएको छ कि केही थोरै तिम्रो माया भनि केलाउँदा कहिल्यै नऔलिने गरि बसेको पाए अब सायद फूल त हुने छैन यही कोपिला तर पनि रहर छ, अर्को फूल रोप्ने त्यसै गरि, त्यसरी नै तिमी सँग मायाको पिटिक्कै भाचेरपनि नसुक्ने नऔलाउने मखमलिको फूल जस्तै जीवनमा किन खै तिमी मात्रै यसरी मनपर्यो, म साच्चै बुझ्दिन