शान्त रात
अनि मिठो सपना
...पक्कै मिठो थियो होला
बिहान मुस्कान थियो
उन्को मुहारमा, सन्तुष्तिको
आनन्दित हर्षको
चियाको चुस्कीसँगै
त्यो उडिरहेको वाफसगैँ
मिठो रातको, सुन्दर सपनाले
तरङ्गीत उन्को भावना, वाफिन थाल्छ
प्रिय भावना, सुन्दर चाहना
उनी
कोट्याउन थाल्छन्
लेख्नथाल्छन्
म बगिरहन्छु, उन्को भावनामा
उनीसँगै,
म मसी थप्दैजान्छु
उनी पोखाउदैँ जान्छन्
मुस्कानका लहर शिथिल हुदैछन्
म केही बोल्दिन,
केवल, बगिरहन्छु
उनीसगँ, उन्कैसगँ
मिलन बिछोडको सम्झनासगँ
समाल्ने र अत्याउने कल्पनासगँ
कुनै नौलो होइन
मेरा लागी, छिनमै देखिने
उन्को यो परिवर्तन
मुस्कानमा रमाउने उन्को ओठ
पिडामा खुम्चिने उन्को निधार
तर म पनि बग्छु उसगैँ
म बग्नैपर्छ
मेरो के अस्तित्वो उनी बिना
उन्ले मेरोलागी पनि
प्रेम पोखेका थिए
...म त्यही थिए,
हरेक समय साथ दिने
म उन्को जीवनको सारथी भएको थिए
उनी भन्थे "तिम्रै साहाराले म बाचेकोछू, आफुलाई पोखेकोछु"
म निर्जीवमा पनि त्यतिबेला पलाए,
सधैँ देखिरहेका उन्को जस्तो, भावना
त्यो दिन म आफैँ पोखिए
शब्द कोर्न नसकेपनि
मसीले लत्पतिए, म रोए सायद
म सधैँ उन्को समीप हुन्छु
महसुस नगरेपनि
उस्ले देखेको भोगेको
म हेरिरहन्छु
उन्को खुसीमा म रमाउदै बग्छु
रोमान्चित बनाउछु ऊन्लाई
अनि दू:ख सबै पखाल्छु
सधै बग्छू, उनैसित
उनी कवि
म,
सहयात्री कलम!
Written On August 29, 2013
I am trying to do this series about personification of things and emotions. This is a Nepali Poem. ( Sorry to those who can't read Nepali)