Submit your work, meet writers and drop the ads. Become a member
 
Sum It Sep 2013
No matter how hard this be
This has to end someday
Changes keeps on changing
How deep and hard we keep hanging

Has anyone noticed a river without a bend?
Does anyone know winner without played game?

A warm sun follows with every rain
With sun just hiding- so will be this pain
No rose bloom without thorns beneath
Even the calm moon has dark spots on it

Have you ever seen a rose without a thorn?
Ups and downs come from the time you are born

Sleep shall be hard with pain and misery
Dream a beautiful moment for tomorrow's victory
Even the brightest sun sets with the dark night
Fresh new morning waits on the other side

There is always a fresh new beginning after every hardest end
have you ever seen a river without a bend
have a ever noticed a rose without a thorn
Written on February 22, 2011
Sum It Sep 2013
On my gumboots, S p l a s h!!!
New ponds on the road, I found-
Muddy; blur Memories!
Sum It Sep 2013
My love,

I heard people saying
Life is a roller coaster
with ups and downs
with turns and bumps

I believe, With you beside
Life is a merry go round
It rotates through everything
but centers the bliss!
Written on July 10, 2013
Sum It Sep 2013
मन उजाडिएको महसुस हुन्छ
अनि कतै जकडिएको आभास हुन्छ
हावाको गन्धमा पनि वाक्न मन लाग्छ
मनमा अनौठो भारी छ, कतै बिसाउन मन लाग्छ

भावुक छु, तर कसैलाई म देखाउन सक्दिन
यो भावहिनता मेरो भावना हो
म बोल्न खोज्दा खोज्दै म लाटो बन्छु
मेरो शब्दहिनता मेरो चित्कार हो

अभिव्यक्त गर्न नसकिएका भावहरु
शब्दको साहारा लिन खोज्दा अझै लाचार बनिदिन्छन्
भावनामा डुबेको छु म, डुब्दै जादै छु गहिराइमा
तर... तर म डुबेको छु सुख्खा मरुभुमिमा

म अन्धो भइसके, आफ्नो खोज्दा खोज्दै
मलाई पागल भनिसके, बुझाउदा बुझाउदै
सबैको भावनामा आफ्नो भाव मिसाउन खोजे
तर... मेरो भावना कतै सुख्खा दलदलमा बिलिन भए

मैले सकिन, म सक्दिन होला अब कहिले
बरु म भावनाको अभावमा बाच्न चाहन्छु
म बिना मुटु रमाउन चाहन्छु
शुन्य भइ शुन्यमा बिलाउन चाहन्छु!!!
Written on July 31, 2013
Sum It Sep 2013
तिमी देखिनु
तिमीलाई हेर्नु
मुस्कुराउनु
अनि
दुई शब्द बोल्नु
औ प चा रि क ता।।

निस्सासिन्छु म हाम्रो औपचारिकताले
एकैछिनको त्यो औपचारिकता
अनि कैयोँ दिनको पिडाले
आत्मियता, चाहन्छु म।
के तिमी चाहन्दैनौ र?

चिसो रातमा जलेको छाती
सितल बानाउने वायु माधुर्यता
सिरेतोले पोलेको मुटु
न्यानो  पार्ने पहिलो घाम
हो, त्यस्तै आत्मियता
तिमी चाहन्दैनौ र?

पहिलो भेट,
पहिलो मुस्कान,
पहिलो कुराकानी,
अनि पहिलो हासोँ,
हो, त्यहि आत्मियता।

हराएको
लुकाइएको
गुम्साइएको
नदेखाइएको
त्यो प्रथम आत्मियता
फेरि, एकपटक खोज्दछु म


पहिलो भेट देखिको
हाम्रो सामिप्यता --- अब
केवल औपचारिकतामा सिमित
हाम्रो क्रितीम आत्मियता
तिमीलाई भारी लाग्दैन?

निस्फक्रि, भयरहित
रसिलो, रमाइलो
पुरानो, ठत्यौली
मित्रताको अत्मियता

आत्मियता, चाहन्छु म।
के तिमी चाहन्दैनौ र?
Written on August 6, 2013
Sum It Sep 2013
कति पनि संकोज हुन्थेन
जब हामी भेट्थ्यौँ

कति पनि कुरा लुक्थेनन्
जब हामी बोल्थ्यौँ

त्यो ति दिनका कुरा थिए
जब हामी , हामी थियौँ

तर  आज यो के भयो
म म भए, तिमी आफु भयौँ

कति नजिक भेकनपनि
कति टाढा थियौँ

कति चाडैँ भयौँ आफ्नो
कति चाडैँ बिरानो
Written on August 3, 2013
Sum It Sep 2013
एकदम अनौठो शून्यता फैलिएको छ शहरमा
यो अनौठो शून्यताले त्रसित छन् यहाँका मनिसहरू
घर छन् तर छत छैनन्
खाना होलान् तर भोक छैन
सास छन्, निस्सासिएका

ज्यानको मायाले हैन, देशको मायाले बाचेका छन्

आकाश निला र खुल्ला छन्
कालो बादल कतै देखिने वालामा छैनन्
तर पनि झरी पर्ने सम्भावना उत्तिकै छ

.
.
.

ऊ!! आयो!..................... ऊ! आयो!!!
त्यो शान्तिको भक्षक
जो आफुलाई थान्छ न्यायको रक्षक
शान्तिको अप्रभङ्सित कोलाहल मचाउदै
बर्साएर जान्छन् बेमौसमी झरी
(यहाँ पहिले झरी पर्छ अनि बल्ल बादल देखिन्छ)

अब यो झरिले बगाउन बाकीँ के नै छ र?
सिवाय रित्तो आशुँ र सघंर्षको रगत

ज्यानको मायाले हैन, देशको मायाले बाचेका छन्
र बाच्नेछन्, त्यो बेलासम्म
जबसम्म यो माटोमा त्यो आशुँ सुक्कदैन
त्यो सुकेको रगतको कालो टाटो लुक्कदैन
झरी परेको यो दिन म मरेपनि, मेरो देश मर्दैन!
यो देश झुक्दैन!
Writen on September 3, 2013
A nationalistic poem against War!
Next page