मन~ सुन
कहिले काहीँ तहल्न निस्कदा
दिन भरी पानी पर्दा
उर्लेको हनुमन्ते झैं
एकान्तमा बसेर चियासगैं
तिम्रो यादहरूमा तड्पिन
मन लागेझै लागेझै गर्दा
मन अझ शून्य शुन्य भइदिने
मन ~ सुनको दिन।।
अरूबेला लिखुरे देखिने
र आज
सारा धर्ती बगाउझै गरेको
त्यो लिखुरे हनुमन्तेको
छेउमा गएर
मनको सारा भावना बगाईदे न
भन्न लागेझै लागेझै गर्दा
मन यतिकै यतिकै
शून्य शुन्य भइदिएको
मन ~ सुनको दिन।।
तिमीले पनि मलाई
सम्झेको छौं कि जस्तो
लाग्छ।
र त्यही सम्झनामा
बगेका आशूंहरू पो
हुन् कि
मेरो घरको छतमा आएर
मलाई कविता लेखुझै लुखुझै
बनाउंदा
मन पुरै शून्य शून्य भएर अल्मलिने
मन ~सुनको दिन।
बादलमा लेखेको नामले त
वर्षातमा यादले भिझाउने रहेछ
र
मनमा लेखेको नामले चाहीँ
बेला बखतमा
मन व्यग्र व्यग्र बनाई
शून्यताले भिजाउने रहेछ
मन ~सुनले बेइमानी गर्यो
जिन्दगीमा
या हो प्रेमले...
Jul 20, 2020
Jul 20, 2020 at 10:35 AM UTC
मन~ सुन
कहिले काहीँ तहल्न निस्कदा
दिन भरी पानी पर्दा
उर्लेको हनुमन्ते झैं
एकान्तमा बसेर चियासगैं
तिम्रो यादहरूमा तड्पिन
मन लागेझै लागेझै गर्दा
मन अझ शून्य शुन्य भइदिने
मन ~ सुनको दिन।।
अरूबेला लिखुरे देखिने
र आज
सारा धर्ती बगाउझै गरेको
त्यो लिखुरे हनुमन्तेको
छेउमा गएर
मनको सारा भावना बगाईदे न
भन्न लागेझै लागेझै गर्दा
मन यतिकै यतिकै
शून्य शुन्य भइदिएको
मन ~ सुनको दिन।।
तिमीले पनि मलाई
सम्झेको छौं कि जस्तो
लाग्छ।
र त्यही सम्झनामा
बगेका आशूंहरू पो
हुन् कि
मेरो घरको छतमा आएर
मलाई कविता लेखुझै लुखुझै
बनाउंदा
मन पुरै शून्य शून्य भएर अल्मलिने
मन ~सुनको दिन।
बादलमा लेखेको नामले त
वर्षातमा यादले भिझाउने रहेछ
र
मनमा लेखेको नामले चाहीँ
बेला बखतमा
मन व्यग्र व्यग्र बनाई
शून्यताले भिजाउने रहेछ
मन ~सुनले बेइमानी गर्यो
जिन्दगीमा
या हो प्रेमले...
