Hello Poetry
Submit your work and get some sparkles! Create free account
#nepali
बन्दै टुहुरो बसाएँ बस्ती अनौठो एउटा सहरमा | चल्यो जीवनको वेग, बढ्यो उमेर सपना पुरै गर्ने रहरमा || भए केही आफन्त केही शत्रु पनि स्वीकारिए | एक्लो पर्दा रिक्तमान त्यही आफन्त खोज्न भौतारिए || जसोतसो गरी दिन कटाएँ आयो पालो अध्याँरो रातिको सखाप छ जीवन गन्दै मैले, झुन्ड्याएँ अन्तिम मानव आफ्नै जातिको || केही साथीको केही आफ्नै विवेक माथिको | केही थिए आफूझैँ भने केही अनेक भाँतीको || क्षमा गर्नु सबैले, अब झुन्ड्याउँदै छु अन्तिम मानव आफ्नै जातिको ||
0
Mar 7
Mar 7, 2026 at 12:38 PM UTC
Nepali: Antim Maanav
My breath slows down When I open my eyes, My eyes see the world That lies with me, Deep and deep, No misery. Suddenly, my eyes wake, With my consciousness, Everything with me, and I with everything. My breath slows down When I open my eyes, My eyes see the world That vibrates with me, Deep and deep... The cosmos brings me, and I bring the cosmos, I play with my emotions, And emotions play with me, I play until my last breath. My breath slows down When I open my eyes, My eyes see the song That plays with me, Deep and deep, No misery. I see beautiful lies within beauty, I see complete lies within the incomplete, While everyone searches for bliss, I see bliss in them. My breath slows down When I open my eyes, My eyes see the bliss That lies with me, Deep and deep, No misery, Deep and deep, No misery.
0
Mar 25, 2025
Mar 25, 2025 at 2:28 AM UTC
conscious
तिमी हो भन, म होइन भन्छु। तिमी होइन भन, म हो भन्छु। उ को हो ? भन, कोहि होइन उ म भन्छु। मैले गरेका गल्ति गन, सजाय सरि आफुले-आफै थुनिरहन्छु। मलाई गलत गाली भन, म तेसलाई सुनिरहन्छु। गालीको कारण भने नभन, म मन-मनै बुनीरहन्छु । तिमी म तिम्रो होइन भन, म तिम्रो जुनी-जुनी रहन्छु। म चाहन्छु तिम्रो अरोपको बन्दि हुन, तिमीलई स्पर्शनु मेरो हात म खोलीरहन्छु। ती अध्यारा कोठामा मलाइ थुन, म तिम्रै कन्चेटिमा डुलिरहन्छु। बस!! तिमी म तिम्रो होइन भन, म तिम्रो जुनी-जुनी रहन्छु। .. जुनी-जुनी रहन्छु।।
0
Apr 14, 2024
Apr 14, 2024 at 10:00 AM UTC
तिमी हो भन
कहिलेकाहीं - कविता लेख्न मनलाग्छ देशभक्तिको गीत लेख्न मनलाग्छ। अनि लेख्न बस्छु... तिम्रो - मुहार सम्झिन्छु देशको मायाले - तिमीलाई छोडेको पल सम्झिन्छु अनि अल्मलिन्छु... लेख्न छोड्छु मेरो देशप्रेम पनि अपुरो अपुरो लाग्न थाल्छ! मेरो प्रेम पनि अपुरो अपुरो लाग्न थाल्छ!
0
Nov 4, 2022
Nov 4, 2022 at 9:43 AM UTC
अपुरो कविता
मन~ सुन कहिले काहीँ तहल्न निस्कदा दिन भरी पानी पर्दा उर्लेको हनुमन्ते झैं एकान्तमा बसेर चियासगैं तिम्रो यादहरूमा तड्पिन मन लागेझै लागेझै गर्दा मन अझ शून्य शुन्य भइदिने मन ~ सुनको दिन।। अरूबेला लिखुरे देखिने र आज सारा धर्ती बगाउझै गरेको त्यो लिखुरे हनुमन्तेको छेउमा गएर मनको सारा भावना बगाईदे न भन्न लागेझै लागेझै गर्दा मन यतिकै यतिकै शून्य शुन्य भइदिएको मन ~ सुनको दिन।। तिमीले पनि मलाई सम्झेको छौं कि जस्तो लाग्छ। र त्यही सम्झनामा बगेका आशूंहरू पो हुन् कि मेरो घरको छतमा आएर मलाई कविता लेखुझै लुखुझै बनाउंदा मन पुरै शून्य शून्य भएर अल्मलिने मन ~सुनको दिन। बादलमा लेखेको नामले त वर्षातमा यादले भिझाउने रहेछ र मनमा लेखेको नामले चाहीँ बेला बखतमा मन व्यग्र व्यग्र बनाई शून्यताले भिजाउने रहेछ मन ~सुनले बेइमानी गर्यो जिन्दगीमा या हो प्रेमले...
0
Jul 20, 2020
Jul 20, 2020 at 10:35 AM UTC
मन~ सुन
मन~ सुन कहिले काहीँ तहल्न निस्कदा दिन भरी पानी पर्दा उर्लेको हनुमन्ते झैं एकान्तमा बसेर चियासगैं तिम्रो यादहरूमा तड्पिन मन लागेझै लागेझै गर्दा मन अझ शून्य शुन्य भइदिने मन ~ सुनको दिन।। अरूबेला लिखुरे देखिने र आज सारा धर्ती बगाउझै गरेको त्यो लिखुरे हनुमन्तेको छेउमा गएर मनको सारा भावना बगाईदे न भन्न लागेझै लागेझै गर्दा मन यतिकै यतिकै शून्य शुन्य भइदिएको मन ~ सुनको दिन।। तिमीले पनि मलाई सम्झेको छौं कि जस्तो लाग्छ। र त्यही सम्झनामा बगेका आशूंहरू पो हुन् कि मेरो घरको छतमा आएर मलाई कविता लेखुझै लुखुझै बनाउंदा मन पुरै शून्य शून्य भएर अल्मलिने मन ~सुनको दिन। बादलमा लेखेको नामले त वर्षातमा यादले भिझाउने रहेछ र मनमा लेखेको नामले चाहीँ बेला बखतमा मन व्यग्र व्यग्र बनाई शून्यताले भिजाउने रहेछ मन ~सुनले बेइमानी गर्यो जिन्दगीमा या हो प्रेमले...
Continue reading...
40
के छ र बाकीँ चाहन- यो मनसगँ ... दिन पनि त होस् न केही सोच्थे सधैं यहीँ र राखे मन बांधेर . . . जबसम्म तिमी- ठोकिन आइनौं . . . मन बाधेर त झन् खुम्चिने रहेछ मन त फुकाए पो अझ पाइने रहेछ तिमी ठोकियौ र फेरी चर्केको यो मन संगालिएको छ नत्र अझै कति कसेर बाध्थे होला झह कति छिया छिया पार्थे होला मन त फुकाए पो अझ समालिने रहेछ
0
Jul 7, 2020
Jul 7, 2020 at 8:17 AM UTC
मनको कुरा
चामल र बालुवा मिसाए चामल थान्छ, बालुवा खराब बालुवा मान्छ, चामल खराब
0
Mar 18, 2020
Mar 18, 2020 at 10:49 AM UTC
थाहा छ नी?
धेरै भो मैले धेरै चिनारुलाई "तिमी कस्तो छाै?" भनेर सोध्न छोडेको तिम्रो बच्चालाई तिम्रो श्रीमतीलाई तिम्रो श्रीमानलाई कस्तो छ सोध्छु उस्को अवस्था जान्न
0
Mar 17, 2020
Mar 17, 2020 at 10:52 AM UTC
प्रतिबिम्ब
उदाउदा कम्युनिष्ट अस्ताउदा कम्युनिष्ट खाली र भरि पेट अस्थायी वास्तविकता
0
Feb 15, 2020
Feb 15, 2020 at 9:24 PM UTC
राता मान्छे
उही भाइले मलाई सोध्यो छोटो समयमा राम्रो परिणाम प्राप्त गरी,बधाई पाउने कार्य के छ दाई? सुनेकै कुरा मैले भन्दिए, "यो समयमा त, श्री स्वस्थानी व्रत गर" हाँस्दै, उनले भन्यो, "त्यो त हो" "तर  व्रत बसेर, कसरि बधाई पाइन्छ त?" त्यो त  पाइदैन त्यसो भए अर्को काम गर "भन्नु के?" भन्दिए, विहे गर, छिटो बधाई पाउन अन्तरध्यानमा बसेका, कहिले नबोल्नेले पनि दर्शन दिदै बधाई दिन्छन "त्यो त हो, यो त तयारी आवश्यक पर्छ" त्यो पनि नगरे बेरोजगारीको बल देखाउ जाउ टुँडिखेलमा कोदो रोप खुल्लामन्चमा कराउ सरकारलाई झकझकाऊ जहा जे सक्छै, केही चाही गर
0
Jan 30, 2020
Jan 30, 2020 at 7:20 PM UTC
कार्य
कुसमयमा मलाई सोधियो "त्यो मुर्ख छ, कसरी व्यवहार गर्ने ?" मैले प्रतीप्रश्न गरे, "के तिमी पक्का छाै कि ऊ मुर्ख छ? [ हो जवाफ आउने प्रवल सम्भावना थियो, म सुन्न तयार थिए ] "हो, सबैलाई यो थाहा छ।" सोही जवाफ आयो सक्छाै भने दूरी बढाउ टाढा बस त्यती सक्दैनै भने.......... "भने के" सोधीहाल्यो भन्दिए, "उ भन्दा मुर्ख बन" "ठूलो मुर्ख देखि, मुर्खपनि डराउछ" फोन राखेको संकेत आयो.......
0
Jan 17, 2020
Jan 17, 2020 at 9:27 AM UTC
इतिश्री
गणेशजीले सोधे अब जोगीन मैले के गर्नु पर्छ ? मैले भन्दिए अली छाटिनु पर्छ अली त्यो हजुरको वाहनलाईचै आराम दिनुहोला अली धेरै मुख मिठो नगर्नुस् ल अब त्यो लड्डु एक्लै नखानुस् धन्वंतरीको सत्संगमा बस्नुस् सदा जय होला
0
Nov 13, 2019
Nov 13, 2019 at 9:20 PM UTC
समकालीन प्रश्न