Submit your work, meet writers and drop the ads. Become a member
Apr 2014
मायामा रमाउने हरेक मन हुन्छ
संवेदनाले त उन्मादपनि जन्माउछ
इच्छा तृष्णा सपना हुन्छ जोसुकैसगं
स्वतन्त्रता बुझ्न यी त्यागेर उड्न सिक्नुपर्छ

चैतको वेगसगैँ उडेका चाहना
मनसुनको बाढी सगैँ बहेर तुहिन्छ
यात्रामा लगाएको पिरती
गन्तव्य नजिक आइपुग्दा अल्मलिन्छ

हतारहतार नै त रित्याउने हो गलती
सुस्ततामा योवनले बैँस त्याग्नसक्छ
भोलीको भलाईको कसलाई के खसखस
आजको रात रगाउदैं जीवन सके नि सकिन्छ।
Sum It
Written by
Sum It
Please log in to view and add comments on poems