गर्छन्! बादलले धाकेको अौँसीझैँ रित्ता रित्ता वाचाहरू, एक योगीले हरेक नव प्रभातमा साधना गरेसरी, टोलाउँदै मेरा आखाँहरू फैलिदै गएका भित्ताहरूमाँझ क्करिदै गएको त्यो एकलकाँटे सिलिङ्तिर।
सिलिङ्मा कोरिएका सपनाहरूको डायरी पल्टाउने क्रममा साउनको झरी सरी वर्षिने गर्दछन् मनमा सजिएका अनेक रहरहरू र बुन्न थाल्दछन् अदृष्य भोलीका अस्थाई जीवन रेखाहरू
सास बिस्तारै फुल्ने गर्दछन् हृदयलाई ढुक्क पार्दै स्वप्न बगैंचा चहार्दै म पुग्दछु एकान्तमा ती गल्लीहरू बीच, जहाँ भोलीको सूर्योदय पश्चात फेरि हन्डर नखानु छ एक नमिठो यात्रालाई विश्राम दिदै म हर रात सपना सजाउछु संकल्प सङ्गाल्छु, म यात्री बन्छु।।
हरेक बिहानको सुरुवात सगैँ फेरि त्यो पल्लो घरको भाले भुक्न थाल्छ गल्लीका भुस्याहरू मेरा सपनाहरू लुछ्न खोज्छन् खाल्डो बीच हराएको काठमाडौंको सडकमा म यात्री नभई बौलाहा बनेर भौतारिन्छु, म यो जीवनको अतिथी वर्षातमा हिलोले पोतिन्छु अरू दिन मैलोले लेपिन्छु बस् चल्दो हो त ... तर दोष कसलाई दिऊँ यो साधुहरूको देशमा? आफ्नो हिलो पखाल्नै पर्ने हुन्छ मैलो मेटाउनै पर्ने हुन्छ यसै साथ, म हर साझँ सङ्कल्प र सपनाको सङ्ग्रह बाग्मतिमा सेलाउने गर्दछु राती सिलिङ अझै क्करिएको पाउछु भित्ताहरू टाढिएका हुन्छन् फ्ल्यासब्याकमा अनन्तसम्म एकै दिन दोहरिन्छ तरपनि हरेक रात सास फुलाउदै गर्छन् ! सिमलीको भुवासरी उडी बिलाउने वाचाहरू मेरो खोक्रिदै गएको मन, टोलाउदै क्करिदै च्याउरिएका रित्ताे सिलिङतिर रुझ्दै सपना र सङ्कल्पको वर्षातमा थाम्दै मक्किएका हिम्मतका जगहरू फगत एक फ्ल्यासब्याकको निम्ति अनि सायद बहार बोक्ने भोलीको निम्ति