Submit your work, meet writers and drop the ads. Become a member
Sep 2014
दीपको उज्यालोमा अधेरीको हुरी चलेको क्षण
लाग्छ एउटा आशाको समाप्ति लेखिदैछ
हातमा लागेको चोटको बदला आत्माले भोग्दैछ
तरपनि अधेरीकै बानी पर्न शुरू हुदैछ
दीपको शिखामा अतीत जलेको उन्माद चल्दैछ मनमा
बिहानीको शीत सहने अब सास बाकी छैन न रहर
म मरेको नाटक गर्न चाहन्छु
कृपया तिमी मलाई माया गरेको अभिनय गरिदिनु
म मर्दा तिमीलाई पीडा भएसरी आँसु बहाईदिनु
अनि जब म नाटकबाट थाकेर फेरी होसमा आउनेछु
तिमी मलाई सुनाउनु, कति असह्य पीडा थियो म मर्दाको क्षण
अनि भन्नू " अब कहिले नमर्नु"
म सोचमग्न भई फेरि त्यो दीपमा टोलाउन थाल्नेछु
सोच्दै यदी साच्चिकै यो दीपमा तेल सकेर
मलाई अधेरीले निल्यो भने...
तिमी बिलाईसकेकी छ्यौ
मलाई पनि निले, ...
म विचार गर्न थाल्छु

एउटा आशाको पालुवा पलाउदैछ

तिमी र म बीच केवल दुरी
केवल दीपको उजेलीको॥
Sum It
Written by
Sum It
422
   SPT
Please log in to view and add comments on poems