Submit your work, meet writers and drop the ads. Become a member
Jun 2023
मृत्यु एक नाटक हो,
जसमा शरीर मौन-मुस्कान बस्दछ,
जीवन भर नाटकको नाटक गरि बसेको म,
मेरो जन्म नै एक रंगमंच रहेछ।

झिनो आशाको डोरीले, यहाँ सम्म आए,
जीवन-मृत्युको बीचमा एक अन्तिम सास रहेछ,
सूर्य चूम्ने दौडमा, सूर्यहरू डुबई म,
नाटकीय मृत्यु पछि पनि,
जल्न, सूर्य-झिल्का कुर्नु पर्ने रहेछ।
on it
Written by
Arise  25/M
(25/M)   
  373
   Bvaishnavi
Please log in to view and add comments on poems