मन उजाडिएको महसुस हुन्छ अनि कतै जकडिएको आभास हुन्छ हावाको गन्धमा पनि वाक्न मन लाग्छ मनमा अनौठो भारी छ, कतै बिसाउन मन लाग्छ
भावुक छु, तर कसैलाई म देखाउन सक्दिन यो भावहिनता मेरो भावना हो म बोल्न खोज्दा खोज्दै म लाटो बन्छु मेरो शब्दहिनता मेरो चित्कार हो
अभिव्यक्त गर्न नसकिएका भावहरु शब्दको साहारा लिन खोज्दा अझै लाचार बनिदिन्छन् भावनामा डुबेको छु म, डुब्दै जादै छु गहिराइमा तर... तर म डुबेको छु सुख्खा मरुभुमिमा
म अन्धो भइसके, आफ्नो खोज्दा खोज्दै मलाई पागल भनिसके, बुझाउदा बुझाउदै सबैको भावनामा आफ्नो भाव मिसाउन खोजे तर... मेरो भावना कतै सुख्खा दलदलमा बिलिन भए
मैले सकिन, म सक्दिन होला अब कहिले बरु म भावनाको अभावमा बाच्न चाहन्छु म बिना मुटु रमाउन चाहन्छु शुन्य भइ शुन्यमा बिलाउन चाहन्छु!!!