एकदम अनौठो शून्यता फैलिएको छ शहरमा यो अनौठो शून्यताले त्रसित छन् यहाँका मनिसहरू घर छन् तर छत छैनन् खाना होलान् तर भोक छैन सास छन्, निस्सासिएका
ज्यानको मायाले हैन, देशको मायाले बाचेका छन्
आकाश निला र खुल्ला छन् कालो बादल कतै देखिने वालामा छैनन् तर पनि झरी पर्ने सम्भावना उत्तिकै छ
. . .
ऊ!! आयो!..................... ऊ! आयो!!! त्यो शान्तिको भक्षक जो आफुलाई थान्छ न्यायको रक्षक शान्तिको अप्रभङ्सित कोलाहल मचाउदै बर्साएर जान्छन् बेमौसमी झरी (यहाँ पहिले झरी पर्छ अनि बल्ल बादल देखिन्छ)
अब यो झरिले बगाउन बाकीँ के नै छ र? सिवाय रित्तो आशुँ र सघंर्षको रगत
ज्यानको मायाले हैन, देशको मायाले बाचेका छन् र बाच्नेछन्, त्यो बेलासम्म जबसम्म यो माटोमा त्यो आशुँ सुक्कदैन त्यो सुकेको रगतको कालो टाटो लुक्कदैन झरी परेको यो दिन म मरेपनि, मेरो देश मर्दैन! यो देश झुक्दैन!
Writen on September 3, 2013 A nationalistic poem against War!