म आउनेछु म आउदा ठुलो प्रलय आउनेछ - भित्र डढेलो लाग्नेछ मनमा अनि बाहिर -- शान्त हुनेछ कहालीलाग्दो, उराठलाग्दो, डरलाग्दो म बाजा बाजाएर आउदिन म केहि हल्ला गर्दिन म आउनेछु र चिर्नेछु, चिर्र---चिर्र! करौटिले काठ चिरेसरी तँलाई, तिमीलाई, तपाईँलाई अनि हजुरलाई दुख्ला तर आँशु कस्ले देख्ला? रगत कमै बग्ला बगेपनि मलम कल्ले लगाइदेला? म आउँदा अरु को होला र कोइ नभएर त आए म! म आउनेछु हास्नेछु-- भित्र ढ्यांरो ठोकेर चिच्याउनेछु बाहिरी मौनतामा रमाउनेछु पागल बनाउनेछु डढेलो लाग्नेछ मनमा मुटु त यसै छिया छिया भैसक्यो म जालाउनेछु म तिम्रो सपना धुवाँ बनाउनेछु म खरानी बनाइदिनेछु आकाँक्षा म रमाउछु एकान्तमा म हास्छु दु:खमा म, एक्लोपना!
Written on August 27, 2013
I am trying to do this series about personification of things and emotions. This is a Nepali Poem. ( Sorry to those who can't read Nepali)