Submit your work, meet writers and drop the ads. Become a member
 
Arise Aug 2024
बुवा गए जंगल, माओबादी देश बनाउन,
छोरा उड्दैछ परको देश,
अफ्नो शेष बचाउन,


कस्तो थियो, हाम्रो भेस
कस्तो बन्दै छ सोच्छु म कहिले,
बोक्छु यो भार प्रश्नै प्रश्नको
भासिदै यो उत्तर बिनाको देश
Arise Aug 2024
हिरा हौ तिमी,
सयद चादी नै हौ की,
चम्किला ती तिम्रा आखाले बताउछ,
तिम्रो बेवस्थाले मेरो मन तन, अहो सार्है सताउछ,
Arise Aug 2024
म भिरे बन्दुक ती फलामको,
जंगलको यात्रा पैदलको,
मार्न आदेश आए कोहि शत्रु हो,
क्रान्तिको अवेशमा, लाल सलाम भो,

आज सेता हिमाल राता छन,
माटा-खोलामा रगत बगेको झन,
चाहाना होइन, आवश्यकता यो,
निर्भयताको मुद्रा त्रास भो,

अनिद्राका रात काट्न आउने्छ भोली,
दुशमनले बाटो काटे, छन कम'रेड टोली,
चिन्ता मान्नु त केबल देेश र मेरो भेशको,
बन्दहात उचालौ सबै यी अभिशेकको,
Arise Jul 2024
मेरो पहिलो लेख,
उसैले नै सुन्नेछ,
उस्को भाग्य-मानी,
अफुलाई लक्कि ठानी,
उस्ले मन गनि बिचार बुन्नेछ,
Arise Jul 2024
म रहेर गए पनी,
म भई रहे पनी,
म यहा न भय पनी
मेरो यो क्रिति होस,
मेरो स्मृति रहिर होस,

अरु केही मागें - मैले दिइन होला,
यी अक्षरले कुनै हृदय छोला,
यहाँ मेरो अनुभव समेटेको छु,
अनुभव समेट्दै म अघि बढेको छु
Arise Jul 2024
हरायो त्यो चरी,
एक बिहान पख,
स्तब्द उस्को सपना,
खाली भो त्यो कोख,
शोक को उदय़ भो,
अधुरो बिदाईमा,
स-दैव छाडि यो लोक,
खरानी भई बिलाई-न्‌ ..
Arise Jul 2024
म नै देश हो,
मेरो म नै नेपाल,
यो माटोको म,
म भित्र नै हिमाल बिशाल,

मेरो चित्रनै एक फाटँ,
पोतेको हरिया-निला रङ,
सितल हावा, नदि नाला,
म हुन्छु हर्शित भइ दङ,
Next page