हामी चिडीयाघर बनाएर
स्वतन्त्रता कैद गर्छौ
संग्रहालय बनाएर युद्धका
बिजय, पराजय कैद गर्छौ
पहिलोमा जिवित
दोस्रोमा निर्जिव
यि दुइ बीचका हामी
कति जिवित र कति निर्जिब छौ
संग्रहालयलाई चिडीयाघरमा राखेर
वर्तमान
चिडीयाघरलाइ संग्रहालमा राखेर
भुत
रचिरहनु भन्दा
सबैले शान्ति निर्माण गर्न लागे
धर्तीमा बिजयका कथाहरुमात्र हुनेछन् ।
Dec 14, 2018
Dec 14, 2018 at 7:51 AM UTC
हामी चिडीयाघर बनाएर
स्वतन्त्रता कैद गर्छौ
संग्रहालय बनाएर युद्धका
बिजय, पराजय कैद गर्छौ
पहिलोमा जिवित
दोस्रोमा निर्जिव
यि दुइ बीचका हामी
कति जिवित र कति निर्जिब छौ
संग्रहालयलाई चिडीयाघरमा राखेर
वर्तमान
चिडीयाघरलाइ संग्रहालमा राखेर
भुत
रचिरहनु भन्दा
सबैले शान्ति निर्माण गर्न लागे
धर्तीमा बिजयका कथाहरुमात्र हुनेछन् ।
