Submit your work, meet writers and drop the ads. Become a member
Mystic Ink Plus Sep 2019
म सानो छदा

म सानो छदा
बिहानै उठथे
दुघ भात खान्थे
पर्खाल बहिरका बच्चाहरुले नुन रोटी खाएको दख्थे
यसो माथि हेर्थेे
आफु माथिको आकासको टुक्रा झरिहाले के गर्ने सोंच्थे
यसो पछाडी हेर्थे
भकारी भरी छ
पेट किन भरीदैन भन्ने लाग्थ्यो
अलि ठुलो भएपछि
पर्खाल बाहिर गए
गोडामा काडा बिज्यो
लडे, अनी उठे

अझै बढेपछि
त्यो भन्दा पर जादा
लडाउने मान्छेहरु भेटें
झुक्याउने मान्छेहरु भेटें
केही सन्त
धेरै अपराधिहरु  भेटें

गाडी चढेपछि अझै पर पुगें
मैदानहरु देखें
हिमाल, पहाडहरु देखें

हवाइजहाज चढेर झनै पर पुग्दा
अर्को संसार देखें
सबैलाइ उतार्न थाले
कवि बन्नै लागेको बेलामा म कवि हैन भन्दिए
मित्रहरुले माने
शत्रुले मान्दै मानेनन्
तिमी कविनै हो भने
मैले लेखेरै भन्नु पर्यो म कवि होइन

शत्रुले सोधे
त्यसो भए तिमी को हौ त?
मैले भने
म त कवि भन्दा ज्यादा फुल हो
फेरी ती मेरो पत्र,पत्र हेर्न थाले
सुध्न थाले
रुपको कुरा गरे
तिनले म नेरको पातलाई पनि सोधे
काडाको पनि रिस गरे
मलाइ भरोसा दिने हाँगाबिँगा पनि भाँचे
माटो समेत खोतलेर हेरे
तिनका हात हिलाम्मै भयो
रक्ताम्मै भयो
तिनले गड्यौलापनि देखे
किरा फटयागा्रलाइपनि सोधे
मित्रहरुले माने, म फुलै हो
शत्रुहरुले मान्दै मानेनन्
तिमी कविनै हो भने
मैले लेखेरै दिनु पर्यो म कवि होइन

शत्रुले फेरी सोधे तिमी को हौ त?
मैले भने, म पंक्षि हो
उनिहरुले गुलेली लिए
ढुङ्गाहरु हान्न थाले
पखेटाहरु काटिदिए
गुँड भत्काइदिए

फेरि सोधे तिमी को हौ त?
मैले भने तिमीहरुको मित्र
मित्रहरुले माने
शत्रुले मान्दै मानेनन्
तिनले भने तिमी हाम्रो शत्रु हो
तिमी कविनै हो
मैले लेखेरै दिनु पर्यो म कवि  होइन

त्यहाका बच्चाहरु अझैपनि
नुन रोटिनै खान्छन्
नाङ्गै धुलोमै खेल्छन्
अझै म पनि कवि बन्नै बाँकि छ
तर शत्रुहरु तिमी कविनै हो भन्छन्
तिनलाइ लेखेरै म भन्छु म कवि होइन

अहं होइन
शैली : अवलोकन
विषय :आत्मकथा
Author's Note:
When logic and reality interwine
Should one need to close the senses?
Or, let one freature the time in rhyme?
What should one do?
Mystic Ink Plus Apr 2019
When logic and reality intertwine
Should one need to close the senses?
Or, let one feature the time in rhyme?

What should one do?
Genre: Experimental
Theme: Being the observant || How to be writer || Then it happened || Who may not have wrote something in any point in time?

— The End —