#towhomitmayconcern
To whom
It may concern
If I haven't
Write
Something
Reflecting your vibes
Believe me
You don't exist
To all the living
And the nonliving
Apr 18, 2021
Apr 18, 2021 at 1:12 AM UTC
म सानो छदा
म सानो छदा
बिहानै उठथे
दुघ भात खान्थे
पर्खाल बहिरका बच्चाहरुले नुन रोटी खाएको दख्थे
यसो माथि हेर्थेे
आफु माथिको आकासको टुक्रा झरिहाले के गर्ने सोंच्थे
यसो पछाडी हेर्थे
भकारी भरी छ
पेट किन भरीदैन भन्ने लाग्थ्यो
अलि ठुलो भएपछि
पर्खाल बाहिर गए
गोडामा काडा बिज्यो
लडे, अनी उठे
अझै बढेपछि
त्यो भन्दा पर जादा
लडाउने मान्छेहरु भेटें
झुक्याउने मान्छेहरु भेटें
केही सन्त
धेरै अपराधिहरु भेटें
गाडी चढेपछि अझै पर पुगें
मैदानहरु देखें
हिमाल, पहाडहरु देखें
हवाइजहाज चढेर झनै पर पुग्दा
अर्को संसार देखें
सबैलाइ उतार्न थाले
कवि बन्नै लागेको बेलामा म कवि हैन भन्दिए
मित्रहरुले माने
शत्रुले मान्दै मानेनन्
तिमी कविनै हो भने
मैले लेखेरै भन्नु पर्यो म कवि होइन
शत्रुले सोधे
त्यसो भए तिमी को हौ त?
मैले भने
म त कवि भन्दा ज्यादा फुल हो
फेरी ती मेरो पत्र,पत्र हेर्न थाले
सुध्न थाले
रुपको कुरा गरे
तिनले म नेरको पातलाई पनि सोधे
काडाको पनि रिस गरे
मलाइ भरोसा दिने हाँगाबिँगा पनि भाँचे
माटो समेत खोतलेर हेरे
तिनका हात हिलाम्मै भयो
रक्ताम्मै भयो
तिनले गड्यौलापनि देखे
किरा फटयागा्रलाइपनि सोधे
मित्रहरुले माने, म फुलै हो
शत्रुहरुले मान्दै मानेनन्
तिमी कविनै हो भने
मैले लेखेरै दिनु पर्यो म कवि होइन
शत्रुले फेरी सोधे तिमी को हौ त?
मैले भने, म पंक्षि हो
उनिहरुले गुलेली लिए
ढुङ्गाहरु हान्न थाले
पखेटाहरु काटिदिए
गुँड भत्काइदिए
फेरि सोधे तिमी को हौ त?
मैले भने तिमीहरुको मित्र
मित्रहरुले माने
शत्रुले मान्दै मानेनन्
तिनले भने तिमी हाम्रो शत्रु हो
तिमी कविनै हो
मैले लेखेरै दिनु पर्यो म कवि होइन
त्यहाका बच्चाहरु अझैपनि
नुन रोटिनै खान्छन्
नाङ्गै धुलोमै खेल्छन्
अझै म पनि कवि बन्नै बाँकि छ
तर शत्रुहरु तिमी कविनै हो भन्छन्
तिनलाइ लेखेरै म भन्छु म कवि होइन
अहं होइन
Sep 28, 2019
Sep 28, 2019 at 9:35 PM UTC
If You
If You
Ask me to draft
Your
Health certificate
I will write
You are beautiful
Nothing else
May 9, 2019
May 9, 2019 at 4:18 AM UTC
Hear
See
Smell
Taste
Feel
And realize that you're in the world of people who has these.
Feb 9, 2016
Feb 9, 2016 at 7:55 PM UTC