Hello Poetry
Submit your work and get some sparkles! Create free account
#selfpotrait
म हांगो समाति उड्न खोज्छु अनि पातसगैं झरेर सुक्छु म बादल सगैं उडिहिड्छु अनि झरीसगैं वर्षेर बिलाउछुँ म सुकेको पात हुदांपनि हावासगैं बहन सक्छु म झरीसगैं वर्षेपनि नदीसगैं बहन सक्छु किनकी मलाई था'छ म उड्न बनेको हुं म एकदिन आँधि बन्नेछु म बग्न बनेको हुं म कुनैदिन बाढी बन्नेछु म छुँ वायु,माटो,जल,तेज,अग्नी सबमा म हुँ एक अन्नत यात्रा मेरो अस्तित्व शुन्य म घुमिरहन्छु न छ मेरो कुनै शुरूवात न छ कही अन्त मेरो मेरो जन्म यहीँ मेरो अन्त यहीँ म छु यहीँ म छैन कतै
0
May 4, 2014
May 4, 2014 at 6:29 AM UTC
म शुन्य हुँ