मेरी आमाको हात
मेरी आमा
मेरो बाबाको सबेरै उठाउँने
Alarm Clock
बिहान्भरी भन्सामा नाचेर
धुप बालेर
घन्टिको टिन टिन आवज सगै
छोराको हातमा मोबाईलको साथमा
अनि
बाबाको पत्रीकाको साथमा
चियाको कप पुराईदिने
मेरी आमा
मिठो काउलिको तरकारी
घिउले झानेको दाल
हरियो पोशिलो साग
अनी तातो तातो माम
तयार गर्ने
मेरी आमा
मिनेट र घण्टाको सुई हेरेर
अली अलि सिरिङ्गगार गरेर
दुई गास माम
टप्प टिपेर अफिस जाने
मेरी आमा
हप्ताको शनिबार
कुम्भकर्ण सँग चयालेन्ज गर्न ग्वार ग्वार सुतिराखेको म
अनि
आमाको त्यो हातको रातो चुरा छन छन
गरेर बज्दा ब्युजिन्छु
फेरी आर्को हप्तालाई थाती राख्छु
कुम्भकर्ण लाईहराउने सपना
लम्पसार परेका लुगामा डल्लो सबुन लाई
नाथे टुक्रा टुक्रा हुँदा सम्म रगडेका
मेरी आमाको हात
अनी मेरो बाबालाई मन नप्र्ने
मेरी आमाले Vaseline Intensive Total Moisture Careले चिल्लो परेको हात
मेरी आमाको हात
©सौजन ज्ञवाली
1 January 2015
Jan 1, 2015
Jan 1, 2015 at 6:41 AM UTC
मेरी आमाको हात
मेरी आमा
मेरो बाबाको सबेरै उठाउँने
Alarm Clock
बिहान्भरी भन्सामा नाचेर
धुप बालेर
घन्टिको टिन टिन आवज सगै
छोराको हातमा मोबाईलको साथमा
अनि
बाबाको पत्रीकाको साथमा
चियाको कप पुराईदिने
मेरी आमा
मिठो काउलिको तरकारी
घिउले झानेको दाल
हरियो पोशिलो साग
अनी तातो तातो माम
तयार गर्ने
मेरी आमा
मिनेट र घण्टाको सुई हेरेर
अली अलि सिरिङ्गगार गरेर
दुई गास माम
टप्प टिपेर अफिस जाने
मेरी आमा
हप्ताको शनिबार
कुम्भकर्ण सँग चयालेन्ज गर्न ग्वार ग्वार सुतिराखेको म
अनि
आमाको त्यो हातको रातो चुरा छन छन
गरेर बज्दा ब्युजिन्छु
फेरी आर्को हप्तालाई थाती राख्छु
कुम्भकर्ण लाईहराउने सपना
लम्पसार परेका लुगामा डल्लो सबुन लाई
नाथे टुक्रा टुक्रा हुँदा सम्म रगडेका
मेरी आमाको हात
अनी मेरो बाबालाई मन नप्र्ने
मेरी आमाले Vaseline Intensive Total Moisture Careले चिल्लो परेको हात
मेरी आमाको हात
©सौजन ज्ञवाली
1 January 2015
